बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • उम्मेदवार मनोनयनको समय आज ५ बजेसम्म, वैशाख १६ गते अन्तिम नामावली प्रकाशन हुने

उम्मेदवार मनोनयनको समय आज ५ बजेसम्म, वैशाख १६ गते अन्तिम नामावली प्रकाशन हुने

आज बिहान १० देखि अपराह्न ५ बजेसम्म ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारले मनोनयन दर्ता गराउन सक्नेछन्।
 |  सोमबार, वैशाख १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १२, २०७९

काठमाडौं- स्थानीय तह निर्वाचन-२०७९ का लागि उम्मेदवारको मनोयन दर्ता आज अपराह्न ५ बजेसम्म तोकिएको छ।

National life

आज बिहान १० देखि अपराह्न ५ बजेसम्म ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारले मनोनयन दर्ता गराउन सक्नेछन्।

निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारको मनोयन प्रक्रिया आइतबार बिहान १० बजेदेखि सुरु भएको थियो। निर्वाचन आयोगले गत चैत ४ गते उम्मेदवारको मनोयन दर्ता दुई दिन गर्ने गरी निर्वाचन कार्यतालिका प्रकाशन गरेको थियो। देशभरका ७५३ स्थानीय तहका लागि कूल ३५ हजार २२१ पदका लागि निर्वाचन हुँदैछ।

उम्मेदवारी मनोनयन दर्ताको पहिलो दिन सबै पदमा दर्ता भएका उम्मेदवारीको विवरण अद्यावधिक हुने क्रम जारी रहेको निर्वाचन आयोगले जनाएको छ। आयोगको सूचना प्रणालीमा कूल १० हजार ५३३ उम्मेदवारी दर्ता भएको छ। सम्बन्धित निर्वाचन कार्यालयमा दर्ता भएका मनोनयनलाई प्राविधिकले इन्ट्री गर्ने र मुख्य निर्वाचन अधिकृतले प्रमाणीकरण गर्ने कार्य जारी रहेकाले यकिन तथ्यांक प्राप्त नभएको आयोगले जनाएको छ।

निर्वाचन आयोगको सूचना प्रविधि शाखाले प्राप्त तथ्यांक प्रशोधनको काम गरिरहेको छ। शाखाको प्रणालीमा आएका विवरण अनुसार पालिकाका प्रमुख र अध्यक्ष पदमा कूल ९७३, उपप्रमुख र उपाध्यक्षमा ४९४, वडा अध्यक्षमा २ हजार २२६ को उम्मेदवारी दर्ता भएको छ। 

Shivam cement

वडा सदस्यमा ३ हजार १९०, महिला सदस्यमा १ हजार ९१, दलित महिला सदस्यमा १ हजार ३० गरी कूल वडासदस्यमा १० हजार १०७ मनोनयन दर्ता भएका छन्। 

वैशाख १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने र १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने कार्यतालिका छ। वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ।     रासस

प्रकाशित: Apr 25, 2022| 09:55 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...