बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन आयोगलाई एमालेको अनुरोध- कसैको दबाब नपरी मतपत्र छाप्‍नुस्

निर्वाचन आयोगलाई एमालेको अनुरोध- कसैको दबाब नपरी मतपत्र छाप्‍नुस्

नेपाल कम्युनिष्ट पार्टी एमालेले स्वतन्त्र र निष्पक्ष निर्वाचनको जिम्मेवारी पाएको निर्वाचन आयोगलाई कसैको दबाब प्रभावमा नपरी मतपत्र छपाइको व्यवस्था गर्न अनुरोध गरेको छ।
 |  आइतबार, वैशाख ११, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख ११, २०७९

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी एमालेले स्वतन्त्र र निष्पक्ष निर्वाचनको जिम्मेवारी पाएको निर्वाचन आयोगलाई कसैको दबाब प्रभावमा नपरी मतपत्र छपाइको व्यवस्था गर्न अनुरोध गरेको छ।

National life

एमाले कार्यालय सचिव डा. भीष्म अधिकारीले ‘मतपत्र डिजायन सम्बन्धमा’ निर्वाचन आयोगलाई पत्राचार गर्दै सो अनुरोध गरेका हुन्। भक्तपुरका चार पालिका र ६ महानगरपालिकाको मतपत्र छपाउँदा उम्मेदवारी परेका उम्मेदवारबाहेक अन्यको निर्वाचन चिह्न हटाइ मत्रपत्र छपाई हुने भनी शनिबार केही सञ्चारमाध्यममा प्रकाशित प्रशारित समाचारप्रति ध्यानाकर्षण भएको एमालेले जनाएको छ।

निर्वाचन आयोगलाई गरिएको पत्राचारमा भनिएको छ, 'स्वतन्त्र र निष्पक्ष निर्वाचनको जिम्मेवारी पाएको आयोगबाट कसैको दबाब र प्रभावमा नपरी मतपत्र छपाइमा मुलुकभर जुन तरिका अपनाइएको हो सोही बमोजिम नै व्यवस्था मिलाउनुहुन अनुरोध गर्दछौँ।' 

'निर्वाचन सुरु भइसकेपछि निर्वाचनको नियम परिवर्तन गर्नुहुँदैन र मतपत्रको डिजायन परिवर्तन गर्ने जस्ता काम निर्वाचन आयोगबाट हुने छैन भन्ने कुरामा विश्वस्त छौं,' पत्रमा उल्लेख छ। 


प्रकाशित: Apr 24, 2022| 21:40 आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...