काठमाडौं- सत्ता गठबन्धनमा आवद्ध दलहरूले सिट बाँडफाँडको अन्तिम कसरत थालेका छन्। जिल्लाहरूमा गठबन्धनको विरोधमा आफूखुसी नेताहरूले उम्मेदवारी दर्ता गर्ने क्रम चलिरहँदा शीर्ष नेताहरू भने सिट बाँडफाँडको अन्तिम कसरतमा जुटेका हुन्।
प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन आवद्ध नेताहरूको बैठक बस्दै छ। बैठकले उम्मेदवारी मनोनयनअघि तालमेलको अधिकतम कोसिस गर्ने बताइएको छ।
स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सहमति तल्लो तहका कार्यान्वयन नभएपछि आजको गठबन्धन बैठकले मनोनयनसम्म सिट बाँडफाँड मिलाउन अधिकतम कोसिस प्रयास गर्ने तयारी गरेको हो।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले आज बिहान बैठक बसेर सिट बाँडफाँटको अधिकतम कोसिस गरिने जनाएको छ।