बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • मध्यरातमा स्टाटस लेख्दै झाँक्रीले भनिन्- गठबन्धन सम्मानजनक भएन, हिसाब हुनेछ

मध्यरातमा स्टाटस लेख्दै झाँक्रीले भनिन्- गठबन्धन सम्मानजनक भएन, हिसाब हुनेछ

नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले पाँच दलीय गठबन्धनमा आफूहरूमाथि अपमान गरिएको आरोप लगाएकी छन्।
 |  सोमबार, वैशाख १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १२, २०७९

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले पाँच दलीय गठबन्धनमा आफूहरूमाथि अपमान गरिएको आरोप लगाएकी छन्। 

National life

चुनावी तालमेल सम्मानजनक नभएको गुनासो गर्दै झाँकीले गठबन्धनका केही नेताहरूले दम्भ देखाएको टिप्पणी गरेकी छन्।

सहरी विकास मन्त्रीसमेत रहेकी झाँक्रीले सामाजिक सञ्जालमा लेखेकी छन्, 'गठबन्धन सन्तोषजनक र सम्मानजनक भएन। गठबन्धनका दलहरूबीचमा हामीले आफैँभित्र पनि हार्दिकतापूर्ण वातावरण बनाउन सकेनौं। हाम्रा वार्ता र संवादमा केही दम्भ देखियो।' 

केही दिनअघि मात्रै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस र माओवादीले आफूलाई ठूलो ठानेर दम्भ देखाएको बताएका थिए। त्यसको केही दिनमै झाँक्रीले पनि गठबन्धनमा आफूहरूमाथि अपमान भएको भन्दै असन्तोष पोखेकी छन्।

उनले चुनावी तालमेल भइरहँदा गठबन्धनकै केही नेताहरूका अभिव्यक्ति उदेकलाग्दा आइरहेको टिप्पणीसमेत गरेकी छन्।

Shivam cement

'योबीचमा गठबन्धनका केही नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ एक दिन यसको हिसाब मिलान गर्नुपर्ने छ। बस!', उनले भनेकी छन्।

प्रकाशित: Apr 25, 2022| 06:45 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...