बुधबार, असार १०, २०८३

म्याग्दीमा १७४ जनाको मनोनयन दर्ता

मनोनयन दर्ताको पहिलो दिन बेनी नगरपालिका र धौलागिरि गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा न्यून संख्यामा उम्मेदवारी दर्ता भएको छ।
 |  सोमबार, वैशाख १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १२, २०७९

म्याग्दी- जिल्लाका छ पालिकामा आइतबार १७४  उम्मेदवारले आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्। 

National life

मनोनयन दर्ताको पहिलो दिन बेनी नगरपालिका र धौलागिरि गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा न्यून संख्यामा उम्मेदवारी दर्ता भएको छ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार दल र स्वतन्त्र उम्मेदवार गरी १७४ जनाले मनोनयन दर्ता गराएका छन्।  रघुगङ्गा गाउँपालिकामा ७५, अन्नपूर्ण गाउँपालिकामा ४७, मालिका गाउँपालिकामा २७, धवलागिरी गाउँपालिकामा ३ र बेनी नगरपालिकामा दुई जनाको मनोनयन दर्ता भएको हो। 

मनोनयन दर्ता गरेकामध्ये धैलागिरिका एक, रघुगङ्गाका तीन र बेनीका दुई जना स्वतन्त्र हुन्। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले अन्नपूर्णमा दुई वडासदस्यबाहेक पहिलो दिन कुनै पनि पालिकामा मनोनयन दर्ता गरेनन्। 

रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा सबै प्यानलमा मनोनयन दर्ता गरेका नेपाली कांग्रेसका उम्मेदवार बाजागाजा र र्‍यालीसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए। एमालेले उम्मेदवार टुङ्गो लगाउन बाँकी भएको र सत्ता साझेदार दलहरुबीच सिट बाँडफाँडमा सहमति जुटेको छैन।

Shivam cement

रघुगङ्गाको अध्यक्षमा कांग्रेसका भवबहादुर भण्डारी, उपाध्यक्षमा प्रेमकुमारी पुन, स्वतन्त्रबाट अध्यक्षमा सागर भण्डारी र उपाध्यक्षमा अनुरोध रिजालले मनोनयन दर्ता गरेको निर्वाचत अधिकृत तेजनारायण पौडेलले जानकारी दिए। मङ्गोल नेशनल अर्गनाइजेशनले रघुगङ्गामा तुलप्रसाद गर्बुजालाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाएको छ। 

अन्नपूर्णका निर्वाचन अधिकृत जानुका सुवेदीका अनुसार अध्यक्षमा कांग्रेसका बलबहादुर तिलिजा पुन, नेशनल मङ्गोल अर्गनाइजेशनका गेमप्रसाद गर्बुजा र उपाध्यक्षमा एलिना शेरपुञ्जाको मनोनयनपत्र दर्ता भएको छ। माओवादीबाट वडा नम्बर ३ दानाको वडासदस्यमा सङ्गीता सार्की विक र वडा नम्बर ५ को खुला वडासदस्यमा पूर्णबहादुर पाइजाले मनोनयन दर्ता गराएका छन्। 

कांग्रेसले माओवादीलाई दुई वडा सदस्य छोडेर आठवटै वडाका सबै पदमा उम्मेदवारी दिएको जनाएको छ। बेनीको वडा नम्बर ७ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार नरेश श्रेष्ठ र कृष्णबहादुर शाक्यले मनोनयन दर्ता गरेका छन्। 

मङ्गलाका निर्वाचन अधिकृत धर्मराज पौडेलले कांग्रेस र राप्रपाका २० जनाले मनोनयन दर्ता गराएका बताए। मालिकामा मङ्गोलले पालिका अध्यक्षसहित २७ पदमा मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिए। 

मङ्गोलका खमबहादुर रोकाले मालिका गाउँपालिका अध्यक्षमा मनोनयन दर्ता गराएका हुन्। कांग्रेसले दरवाङ बजारमा र्‍यालीसहितको शक्ति प्रदर्शन गरे पनि समय सकिएकाले मनोनयन दर्ता गरेनन्। 

धौलागिरिका निर्वाचन अधिकृत भोलाराज रेग्मीले एक जना स्वतन्त्र र दुई जना कांग्रेसका उम्मेदवारको मनोनयन दर्ता भएको बताए। वडा नम्बर ७ को अध्यक्षमा अर्जुनबहादुर थापाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसबाट वडा नम्बर ५ को अध्यक्षमा अमरबहादुर छन्त्याल र एक जना सदस्यको मनोनयन दर्ता भएको छ। 

एमालेले धौलागिरि र बेनीको प्रमुख÷उपप्रमुख तथा मालिका र मङ्गलाको उपाध्यक्षका उम्मेदवार छनोट नगरेकाले आइतबार मनोनयन दर्ता नगरेको हो। माओवादी केन्द्रले सत्तासाझेदार दलको तालमेलका लागि केन्द्रीय र प्रदेश कमिटीको आग्रहमा सोमबार मात्र मनोनयन दर्ता गर्ने जनाएको छ।   रासस

प्रकाशित: Apr 25, 2022| 08:10 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...