महेन्द्रनगर- कञ्चनपुरमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको छ।
कञ्चनपुरका ९ मध्ये ५ स्थानीय तहको नेतृत्व माओवादी केन्द्रले र ४ स्थानीय तहको प्रमुख एकीकृत समाजवादीले पाउने गरी सहमती भएको छ।
माओवादी केन्द्रले कृष्णपुर, शुक्लाफाँटा, लालझाडी, बेलौरी र बेलडाँडी गाउँपालिका प्रमुख पाएको छ। यस्तै एकीकृत समाजवादीले बेदकोट, भीमदत्त, दोधराचाँदनी र पुनर्वास नगरपालिकाको प्रमुख पाएको छ।