शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • पोखरामा एमालेले अघि सारेका पौडेलको टिकट खोसियो, कृष्ण थापा नयाँ उम्मेदवार

पोखरामा एमालेले अघि सारेका पौडेलको टिकट खोसियो, कृष्ण थापा नयाँ उम्मेदवार

नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरमा अघि सारेका दीपक पौडेलको टिकट खोसिएको छ। नयाँ उम्मेदवारका रूपमा कृष्ण थापालाई टिकट दिएको छ।
 |  सोमबार, वैशाख १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १२, २०७९

पोखरा- नेकपा एमालेले पोखरा महानगरपालिकाको मेयरमा अघि सारेका दीपक पौडेलको टिकट खोसिएको छ। नयाँ उम्मेदवारका रूपमा कृष्ण थापालाई टिकट दिएको छ। 

शनिबार पौडेललाई टिकट दिएपछि उनको पुरानो भिडियोहरू शेयर गर्दै चौतर्फी आलोचना र विरोध भएको थियो। एमालेले पोखरा महानगरको मेयर उम्मेदवार बनाइएका पौडेललाई जोडेर अहिले सुनको सिक्री चोरेको भिडियो भाइरल भइरहेको छ।

पौडेलले पृथ्वीसुब्बा गुरुङ प्यानलबाट टिकट पाएका थिए। यतिबेला पौडेलको टिकट फिर्ता लिएर खगराज अधिकारी निकट थापालाई टिकट दिइएको छ।

उपमेयरमा भने पुनः मञ्जु गुरुङ नै उम्मेदवार बनेकी छिन्। यसअघि गुरुङले आफू उम्मेदवार नबन्ने बताए पनि अहिले मौन छिन्।

प्रकाशित: Apr 25, 2022| 09:09 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...