राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले सङ्घीयताविरुद्ध योजनाबद्ध ढङ्गले प्रहार भइरहेकाले प्रदेश र स्थानीय तहले उत्कृष्ट काम गरेर देखाउनुपर्ने बताएका छन्।
संघीय संसद्को दुबै सदनले पारित गरेको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेकोबारे मंगलबार प्रतिनिधि सभालाई जानकारी गराइने भएको छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइराला (बन्दी)ले पीडितको माग सम्बोधन गरी संक्रमणकालीन न्याय प्रक्रिया तार्किक निष्कर्षमा पुर्याउने प्रतिबद्धता जनाएका छन्।
विधि र कानूनको पालनामार्फत जनसेवाको सङ्कल्प बोकेर स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका करिब ७० प्रतिशत उम्मेदवारले नै आफूले बुझाउनुपर्ने खर्च विवरण बुझाएका छैनन्।
गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको साउन २० गते बसेको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय...
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार फिर्ता गरेको नागरिकतासम्बन्धी विधेयकलाई अध्ययन गरेर फेरि अघि बढाउने सरकारले जनाएको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयक अध्ययन गरेर अघि...
संविधानअनुसार अहिले कांग्रेसको केन्द्रीय समितिमा महिलाको संख्या ३३ प्रतिशत नपुगेका कारण ३३ प्रतिशत पु¥याउन आठ जनालाई केन्द्रीय समितिमा मनोनयन गर्न लागिएको हो।
तीन दशक लामो पञ्चायती व्यवस्थाका अन्तिम प्रधानमन्त्री मरीचमान सिंह २०४६ को बहुदलीय व्यवस्थाका कारण राजा वीरेन्द्रबाट बर्खास्तीमा परे। त्यो समय कसैसँग नझुक्ने अडान लिएर बसेका मरीचमान भारतको नाकाबन्दी, जनआन्दोलनको उभारलगायत...
पार्टी सञ्चालनका सन्दर्भमा होस् वा सरकार सञ्चालनमै पनि किन नहोस्, आरजु हावी भइरहेकी छन्। यसलाई राजनीतिक जानकारहरुले देउवाको उत्तराधिकारी हुने प्रयासका रुपमा बुझेको देखिन्छ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवासँग छोटो कुरा गरेर काठमाडौंको फोहोर व्यवस्थापनका लागि काठमाडौंका जनप्रतिनिधिले भेट्न चाहेको जानकारी दिएको बताएका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको लोकप्रियता र सबलतासँगै सम्पूर्ण ध्यान जनताको काममा लगाउन पार्टीबाट नवनिर्वाचित जनप्रतिनिधिलाई निर्देशन दिएका छन्।
सात वर्षअघि माओवादी विचारधाराको औचित्य समाप्त भएको घोषणा गरेर कम्युनिस्ट विचारधारा पूर्ण रूपमा त्यागेको बताएका बाबुराम नयाँ पार्टी खोलेर पनि राजनीति उँभो लाग्ने छनक नदेखिएपछि प्रचण्डतिरै लहसिनुपर्ने बाध्यतामा पुगेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक पुर्नविचारका लागि संसद्मा पुन: पठाउने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको स्वागत गरेका छन्।