बुधबार, वैशाख १२, २०८१

कांग्रेसमा जसको टिकट निश्चित छ

कांग्रेस नेताहरुले भने समानुपातिक तर्फ को-को लाई उमेदवार बनाउने भ‍न्‍ने समेत टुंगो लगाउन सकेको छैन। समानुपातिकतर्फको सूचीमा सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाको समूहका बीचमा सहमति पनि जुटेको छैन्। समानुपातिक तर्फको नामलाई आइतबार अन्तिम टुंगो लगाउनुपर्ने छ।
 |  आइतबार, असोज १६, २०७९

खिला कार्की

खिला कार्की

आइतबार, असोज १६, २०७९

काठमाडौं- प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका आम नेता कार्यकर्ता टिकटका लागि हिन्दुहरुको सबैभन्दा ठूलो चाड दसैंको समेत परवाह नगरी काठमाडौंमा नेताहरुको घरदैलो धाइरहेका छन।

triton college

कांग्रेस नेताहरुले भने समानुपातिक तर्फ को-को लाई उमेदवार बनाउने भ‍न्‍ने समेत टुंगो लगाउन सकेको छैन। समानुपातिकतर्फको सूचीमा सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइरालाको समूहका बीचमा सहमति पनि जुटेको छैन्। समानुपातिक तर्फको नामलाई आइतबार अन्तिम टुंगो लगाउनुपर्ने छ।

त्यस्तै समानुपातिकतर्फका उमेदवार मात्र होइन सत्तामा रहेको पाँच दलबीचको गठबन्धन के हुने भन्‍ने पनि स्पष्ट भएको छैन्।

गठबन्धनका बीचमा मोटामोटी कुन निर्वाचन क्षेत्र कुन दलले पाउने भन्‍ने सहमति भए पनि पूर्ण विवरण सार्वजनिक भइसकेको छैन। तर, अहिलेसम्म सिट बाँडफाँट र समानुपातिक तर्फको सूची टुंगो लगाउन समस्या परिरहेका बेलामा नेपाली कांग्रेसको यी ३ दर्जन नेताहरुको टिकट भने ‘कन्फर्म’ भइसकेको छ। 

शेरबहादुर देउवा 

corrent noodles
Metro Mart

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट उम्मेदवार बन्दैछन्। देउवाको टिकट रोक्ने ताकत कोही कांग्रेससँग छैन। देउवा आफैँले आफू उमेदवार नबन्‍ने घोषणा नगरेसम्म उनको टिकट पाउनेमा कसैले अवरोध हाल्न सक्दैन। डडेल्धुराबाट देउवाको नाम सर्वसम्मत सिफारिस पनि भएको हो। देउवा २०४८ सालदेखि नै यहीबाट लगातार प्रतिनिधिसभा सदस्य बन्दै आएका छन्। 

रामचन्द्र पौडेल 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यको उमेदवार बन्दैछन। उनी २०४८ सालदेखि यही क्षेत्रबाट चुनावी मैदानमा छन। पौडेलले २०७४ सालको निर्वाचनमा बामगठबन्धनका उमेदवार किसान श्रेष्ठसँग पराजित भएका थिए। किसान श्रेष्ठ यो पटक सत्तारुढ गठबन्धनको अर्को घटक नेकपा एकिकृत समाजवादीमा भएका कारणले पौडेलले निर्वाचन क्षेत्र छोड्नुपर्ने सम्भावना थियो। तर, किसान श्रेष्ठ आफैले पौडेलका लागि आफू क्षेत्र छोड्न तयार रहेको बताएपछि पौडेललेको क्षेत्र सुरक्षित भएको छ। 

पूर्णबहादुर खड्का 

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का पनि सुर्खेत १ मा २०४८ सालदेखि नै उमेदवार बन्दै आएका छन। खड्का २०६४ सालमा समानुपातिक उमेदवार बने भने २०७४ सालमा बाम गठबन्धनका उम्मेदवारसँग पराजित भएका थिए। खड्का नाम सो क्षेत्रबाट खड्काको नाम एक रुपमा सिफारिसमा भएको थियो। 

धनराज गुरुङ

नेपाली कांग्रेसका अर्का उपसभापति धनराज गुरुङ पहिलो पटक आम निर्वाचनमा जनतासमक्ष जाँदैछन्। गुरुङ पहिलो पटक प्रत्यक्ष चुनाव लड्दैछन्। गुरुङ समानुपातिक तर्फबाट संविधानसभा सदस्य भएका थिए। उनी स्याङजाको क्षेत्र नम्बर २ मा पहिलो पटक चुनाव लड्न जाने तयारीमा छन्। उनको टिकट पनि ‘कन्फर्म’ हुने नेतामा पर्दछन्। यसभन्दा अगाडि यो क्षेत्रबाट चुनाव लड्दै आएका पूर्वउपसभापति गोपालमान श्रेष्ठले क्षेत्र छोडेर समानुपातिकतर्फ उम्मेदवार बनेका कारण गुरुङको टिकट ‘कन्फर्म’ भएको हो।

गगन थापा 

नेपाली कांग्रेसका महामन्त्री गगन थापा ३ पटक प्रतिनिधिसभा सदस्य भइसकेका छन। २०६४ सालमा समानुपातिक तर्फबाट सांसद बनेका थापा २०७० र २०७४ सालमा काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फबाट उमेदवार बनेर सांसद बने। यो पटक पनि थापा यही क्षेत्रबाट उमेदवार बन्‍ने निश्चित भएको छ। यो क्षेत्रबाट थापाको एकल नाम सिफारिस भएको थियो। र अर्को उमेदवार पनि नभएका कारण  उमेदवार बन्न भने थापालाई असहज छैन। 

विश्वप्रकाश शर्मा 

नेपाली कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा पनि पहिलो पटक संसद प्रवेशका लागि प्रयासरत छन। उनी एक पटक पनि सांसद बन्ने मौका पाएका छैनन्। २०७४ सालको चुनावमा गृहजिल्ला झापाको क्षेत्र नम्बर १ बाट उमेदवार बनेर बाम गठबन्धनका उमेदवार राम कार्कीसँग पराजित भए। उनी २०७० सालमा एमालेका रविन कोइरालासँग पराजित भएका थिए। अहिले पनि शर्माको टिकट ‘कन्फर्म’ छ। यो क्षेत्रबाट २०७४ सालमा चुनाव जितेका कार्कीले क्षेत्र छोड्ने तयारीमा भएका कारण शर्मालाई टिकट पाउन समस्या छैन। 

भीष्मराज आङदम्बे

सहमहामन्त्री भीष्मराज आङदम्बे पाँचथरबाट चुनावी मैदानमा उत्रिँदै आएका छन। आङदम्बे २०७४ सालको चुनावमा बाम गठबन्धनका उमेदवार एमाले नेता बसन्त नेम्वाङसँग पराजित भएका थिए। उनी २०७० सालमा प्रतिनिधिसभा सदस्य बनेर राज्य व्यवस्था समितिको सभापति बनिसकेका आङदम्बेको पनि टिकट ‘कन्फर्म’ भइसकेको छ। 

बद्री पाण्डे 

नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे पनि पहिलो पटक आम चुनावका लागि प्रत्यक्ष जनतामा जाँदैछन्। उनी बाजुराबाट प्रत्यक्ष उमेदवारी दिएर पहिलो पटक जनतामा जाने तयारीमा लागेका हुन्। पाण्डे समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य र राष्ट्रियसभा सदस्य भइसकेका छन। पाण्डेका अलवा वाजुरामा पूर्वसभापति कविराज पण्डित, पूराना नेता जनकराज गिरिको नाम सिफारिस भएपनि यो पटक उमेदवार पाण्डे बन्‍ने निश्चित भइसकेको छ। 

महालक्ष्मी उपाध्याय डिना 

महालक्ष्मी उपाध्याय (डिना) यो पटक निर्वाचन क्षेत्र परिर्वतन गरेर चुनावी मैदानमा जाँदैछन्। डिना मकवानपुरको क्षेत्र नम्बर २ बाट चुनावी प्रतिष्पर्धा गर्दै आएकी थिएनन्। आफ्नो पराम्परागत क्षेत्र गठबन्धनको नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडालाई छोड्नुपर्ने भएकाले उनी मकवानपुर क्षेत्र नम्बर १ बाट चुनावी मैदानमा उत्रदैछन्। 

उनको पनि यो क्षेत्रमा टिकट ‘कन्फर्म’ भइसकेको छ। उनी २०७४ सालमा मकवानपुर १ बाट बामगठबनधनका उमेदवार विरोध खतिवडासँग पराजित भएकी थिइन्। अघिल्लो पटक प्रत्यक्ष चुनाव लडेका धेरै महिला नेतृ समानुपातिकको सुचीमा बसेर सहज संसद भवन प्रवेशको बाटो रोजिरहेका बेलामा उपाध्यायले भने प्रत्यक्ष चुनाव लड्ने तयारी गरेकी छन्। 

कृष्ण सिटौला 

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको टिकट पनि झापा क्षेत्र नम्बर ३ बाट निश्चित छ। उनी २०४८ सालदेखि नै यही निर्वाचन क्षेत्रमा चुनाव लड्दै आएका थिए। सिटौला २०४८ सालमा एमालेका दोण पोखरेलसंग पराजित भएका थिए। पछि पोखरेलको निधन भएपछि उपनिर्वाचनमा सिटौलाले फेरि जीत हात पारे। त्यो पछि सिटौला २०६४ र २०७४ सालमा मात्र पराजित भएका छन। 

डा. शेखर कोइराला 

नेपाली कांग्रेसको १४ औं महाधिवेशनका सभापति पदमा पराजित भएको नेता डा. शेखर कोइराला मोरङ क्षेत्र नम्बर ६ बाट चुनावी प्रतिष्पर्धामा छन्। उनी पनि टिकट निश्चित भइसकेको छ। पार्टीका मुख्य प्रतिपक्षी रहेका कोइरालाको टिकट रोक्ने ताकेत पनि सभापति देउवासँग समेत नभएकाले टिकट निश्चित भएको छ। 

दीपक खड्का 

पूर्वराज्यमन्त्री दिपक खड्का अहिले नेपाली कांग्रेस संखुवासभाका सभापति हुन्। उनी २०७४ सालमा बाम गठबन्धनका उमेदवार राजेन्द्र गौतमलाई पराजित गरेका थिए। संखुवासभाका निर्विकल्प नेताका रुपमा देखिएका खड्का व्यापारिक पृष्ठभूमीबाट कांग्रेसको राजनीतिमा होमिएका हुन्। खड्काले २०७० सालमा एमालेका उमेदवार राजेन्द्र गौतमलाई पराजित गरेका थिए। 

सिता गुरुङ 

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सिता गुरुङको पनि टिकट निश्चित छ। २०७४ सालको निर्वाचनमा बाम गठबन्धनका उमेदवार भवानी खापुङसंग पराजित भएकी थिइन्। खापुङ अहिले नेकपा एसमा छन्। तर सत्ता गठबन्धनले तेह्रथुमलाई कांग्रेसको भागमा पारेको छ। यो जिल्ला सिता गुरुङलाई नै उमेदवार बनाउनका लागि कांग्रेसले लिएका कारण सिताको टिकट निश्चित भएको हो। हुनत: यही जिल्लामा पुराना र त्यागी नेता तुल्सी सुब्बा भए पनि सिताको टिकट कन्फर्म भएको नेताहरुले बताएका छन्। 

ज्ञानेन्द्र कार्की 

सूचना तथा संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि टिकट कम्फर्म भएका नेतामा पर्ने गर्दछन्। आफ्नो गृहजिल्ला भोजपुरबाट कहिल्यै प्रत्यक्ष तर्फबाट सांसद बन्ने धोके पूरा नभएपछि २०७४ सालमा सुनसरी ४ बाट प्रत्यक्ष निर्वाचित भएका कार्कीको यो पटक पनि सुनसरी ४ बाट टिकट कन्फर्म भएको छ। सभापति देउवाका विश्वासपात्र कार्कीले जुन क्षेत्र चाह्यो त्यही क्षेत्रबाट टिकट पाउने क्षमता राख्दछन्। 

नारायण खड्का 

परराष्ट्रमन्त्री डा नारायण खड्का उदयपूर २ बाट प्रत्यक्ष चुनाव लड्दै आएका छन्। खड्का अघिल्लो पटक उदयपुरको यहि क्षेत्रबाट निर्वाचित सांसद हुन्। खड्का लगातार यहि क्षेत्रबाट चुनाव लड्दै आएका छन्। 

तेजुलाल चौधरी 

२०७४ सालमा सप्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन्। उनले २०७० सालमा पनि यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। यो क्षेत्रमा कांग्रेसबाट अर्को प्रतिष्पर्धी नेता नभएका कारण चौधरीको टिकट निश्चित छ। 

चित्रलेखा यादव 

नेपाली कांग्रेसकी पूर्व कोषाध्यक्ष चित्रलेखा यादवको नाम सिरहा क्षेत्र नम्बर १ र २ दुवै स्थानबाट भएको छ। उनको आफ्नो क्षेत्र भने सिरहा २ हो। सिरहा १ स्वर्गीय नेता प्रदीप गिरिको निर्वाचन क्षेत्र हो। उनको नाम सिरहा १ बाट सिफारिस भएपनि उनको सिरहा २ बाट नै टिकट पाउने निश्चित भएको छ। 

किरण यादव 

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य किरण यादव महोतरी २ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष तर्फ उमेदवार बन्ने आकांक्षा राखेकी छन्। अघिल्लो पटक राजपाका शरदसिंह भण्डारीसंग पराजित भएका नेतृ यादव यो पटक पनि प्रत्यक्ष तर्फ चुनावी मैदानमा उत्रने तयारीमा छन्। धेरै महिलाहरु इो पटक समानुपातिकतर्फ उमेदवार बनिरहेको अवस्थामा अघिल्लो पटक प्रत्यक्ष चुनावी मैदानमा गएर फेरि प्रत्यक्ष चुनावी मैदानमा जाने तयारीमा रहेकाले पनि यादवको टिकट कन्फर्म छ। 

अजय चौरासिया 

अजय कुमार चौरासिय पर्सा क्षेत्र नं. ३ बाट पटक पटक निर्वाचत सांसद हुन्। २०४८ सालको आम निर्वाचनमा नेपाली कांग्रेसले टिकट नदिएपछि सद्भावना पार्टी प्रवेश गरी सोही पार्टीको टिकटमा उनीले चुनाव लडेका थिए। पराजित भएपछि नेपाली कांग्रेसमै फर्किएर २०५६ को आम चुनावमा पर्सा क्षेत्र नं. २ बाट सांसद बनेका थिए। सभापति शेरबहादुर देउवा निकट भएका कारण र उनको क्षेत्रमा अर्को प्रभावशाली नेता नभएका कारण चौरासिया टिकट कन्फर्म हुने नेतामा पर्दछन्।

डा. शशांक कोइराला

नेपाली कांग्रेसका पूर्व महामन्त्री वीपी पुत्र डा. शशांक कोइराला नवलपरासी पूर्वको क्षेत्र नम्बर १ बाट लगातार प्रतिनिधिसभा सदस्य बन्दै आएका छन्। उनी यो पटक पनि सोही क्षेत्रबाट उमेदवार बन्दै छन्। शशाँक पनि टिकट कन्फर्म भएका नेतामा पर्दछन्। पूर्व महामन्त्री वीपी पुत्र शशांको टिकट रोक्ने ताकत कांग्रेसमा कसैसंग नभएका कारण पनि उनी निर्विकल्प नेता हुन्। 

टेक बहादुर गुरुङ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री टेकबहादुर गुरुङ मनाङबाट नेपाली कांग्रेसको टिकट पाउने निर्विकल्प नेता हुन्। २०७४ सालको निर्वाचनमा बाम गठबन्धनका उमेदवारसँग पराजित गुरुङ २०७० सालमा मनाङबाटै निर्वाचित भएर संविधानसभा सदस्य बनेका थिए। त्यो भन्दा अगाडि उनका दाजु पाल्देन गुरुङ मनाङबाट कांग्रेसको उमेदवार बनेर जीत निकाल्दै आएका थिए। 

बालकृष्ण खाँण 

गृहमन्त्री बालकृष्ण खाँण टिकट कन्फर्म हुने एक दुई नेतामा पर्ने गर्दछन्। रूपन्देही क्षेत्र नं. ३ बाट पटक पटक चुनावी मैदानमा रहेको खाँण २०७४ सालमा समानुपातिक तर्फबाट सांसद बनेका हुन्। विद्यार्थी राजनीतिमार्फत २०३० सालबाट राजनीति प्रारम्भ गरेका खाण हाल नेपाली कांग्रेसका केन्द्रीय सदस्य छन्। यसअघि रक्षा मन्त्री, शिक्षा राज्यमन्त्री रहिसकेका खाँणले २०४८ को संसदीय निर्वाचनमा रूपन्देही क्षेत्र नं. ३ बाट विजयी भएका थिए। 

भरत शाह 

लेखा समितिका सभापति भरत शाह रुपन्देहीका प्रभावशाली नेता हुन्। रुपन्देही क्षेत्र नम्बर ५ मा वाम गठबनधन भएका बेलामा समेत गठबन्धनका उम्मेदवारलाई पराजित गर्ने शाह पनि टिकट कन्फर्म भएका नेतामा पर्ने गर्दछन्। रुपन्देहीमा गृहमन्त्री बालकृष्ण खाँणलाई टक्कर दिने. नेतामा शाह पर्दछन्। रुपन्देहीमा खाँण र शाहका आ आफ्नै गुट छन्। 

प्रमोद यादव 

एकदमै लो प्रोफाइलमा बसेर सधै आफ्नो क्षेत्रमा प्रभाव जमाउन सक्ने नेता प्रमोद यादव हुन्। उनी रुपन्देही क्षेत्र नम्बर-४ बाट निर्विकल्प नेताका रुपमा देखिएका छन्। उनको पनि टिकट कन्फर्म भएको देखिन्छ। यादव २०७४ सालमा निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। 

सुरेन्द्र आचार्य 

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्र आचार्यको कपिलवस्तु क्षेत्र नम्बर-२ बाट प्रत्यक्ष उमेदवार बन्दै आएका छन्। उनी २०७४ सालमा बाम गठबन्धन भएको अवस्थामा पराजित भएका हुन्। २०७० सालमा यो क्षेत्रबाट आचार्य प्रतिनिधिसभा सदस्य बन्दै आएका छन्। २०४८ सालमा यो क्षेत्रमा सुरेन्द्रका दाजु विष्णु आचार्य यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्य थिए। 

देवेन्द्रराज कंडेल 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्र राज कंडेलको पनि टिकट कन्फर्म भएका कांग्रेस नेतामा पर्ने गर्दछन्। पहिलो सभापति शेरबहादुर देउवा निकट र दोश्रो अघिल्लो पटक पनि बामगठबन्धन भएको समयमा पनि जीत निकालेको भएर कंडेलको टिकट कन्फर्म भएको हो। उनी नवलपरासी पश्चिमको क्षेत्र नमबर २ बाट उमेदवार बन्दैछन्। 

सन्जय गौतम 

२०७४ सालको चुनावमा बर्दिया १ बाट बाम गठबन्धनका प्रभावशाली उमेदवार बामदेव गौतमलाई पराजित गरेर चर्चाका आएको संजय गौतमको पनि टिकट कन्फर्म छ। उनी अहिले कांग्रेसको केन्द्रीय सदस्य हुन्।  गौतमलाई चुनौती दिने नेता खास नभएका कारण उनेको टिकट कन्फर्म छ। 

प्रकाशमान सिंह 

पूर्वमहामन्त्री प्रकाशमान सिंह काठमाडौं १ बाट चुनाव लड्दै आएका छन्। सिंहले  यो पटक पनि उमेदवार बन्ने तयारीमा छन्। उनको पनि अर्को प्रतिष्पर्धी नभएका कारण टिकट कन्फर्म जस्तै छ। उनी २०७४ सालमा पनि यहि क्षेत्रबाट निर्वाचित भएका थिए। 

राजन केसी 

२०७० सालको चुनावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पराजित गरेर काठमाडौं १० मा आफ्नो वर्चश्व जमाएका राजन केसी टिकट कन्फर्म भएका भएका नेतामा पर्ने गर्दछन्। उनले २०७४ सालमा पनि बामगठबन्धनका उमेदवारलाई पराजित गरेका कारण टिकट यो पटक पनि कन्फर्म देखिन्छ। 

उदयशम्सेर राणा

नेपाल  तरुण दलका पूर्व अध्यक्ष उदयशम्सेर राणाको ललितपुर १ बाट टिकट कन्फर्म भएको छ। २०७४ सालको चुनावमा तत्कालिन बाम गठबनधनका उमेदवार डिआइजी नवराज सिलवालसंग पराजित भएका थिए। राणा यही क्षेत्रबाट २०७० सालमा प्रतिनिधिसभा सदस्य भएका थिए। सभापति शेरबहादुर देउवाका विश्वास पात्र राणाको टिकट पनि कसैले रोक्न सक्ने अवस्था देखिदैन्। 

मोहन आचार्य 

निर्माण व्यवसायीको पृष्ठभूमीबाट कांग्रेसको राजनीतिमा आएका मोहन आचार्य २०७४ सालमा तत्कालिन बाम गठबन्धनका उमेदवार अर्को निर्माण व्यवसायी जर्नादन ढकाललाई पराजित गर्दै संसदमा छिरेका थिए। त्यो बेलामा बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीसँग सहकार्यमा कांग्रेस थियो। तर नयाँ शक्तिबाट प्रदेशसभा सदस्यका उमेदवार बनेका प्रेम तामाङ अहिले कांग्रेस प्रवेश गरेका कांग्रेस आचार्यलाई यो पटक पनि टिकटका लागि कुनै समस्या छैन्। 

ह्दयराम थानी 

सुर्खेत क्षेत्र नम्बर २ मा टिकट कन्फर्म भएका  नेता ह्दयराम थानी पनि हुन्। उपसभापति पुर्णबहादुर खड्काको गृहजिल्ला भएपनि संगठनमा थानीको दबदबा भएकाले थानीलाई टिकट नदिइकन पूर्णबहादुरले पनि आफु उमेदवार बन्न हिच्किचाउने भएकाले थानी टिकट कन्फर्म हुने नेतामा पर्ने गर्दछन्।  

एनपी साउद 

कञ्‍चनपुर २ बाट पनि कांग्रेसबाट टिकट कन्फर्म भएका नेता हुन् एनपी साउद। साउद पनि लामो समयदेखि यो क्षेत्रबाट प्रत्यक्ष चुनावी मैदानमा छन्। नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष रहेका साउदलाई यो क्षेत्रमा टक्कर दिने अर्को नेता समेत नभएकाले साउदको टिकट कन्फर्म जस्तै छ। 

रमेश लेखक 

कञ्‍चनपुर क्षेत्र नम्बर ३ बाट विगतमा चुनावी मैदानमा उत्रदै आएका नेता रमेश लेखकको पनि टिकट कन्फर्म छ। उनको यो क्षेत्रमा अर्को कांग्रेस नेताको बलियो दाबि नदेखिदा लेखकको टिकट कन्फर्म देखिएको हो। २०७४ सालमा लेखक यो क्षेत्रबाट बाम गठबन्धनका उमेदवार दिपक प्रकाश भट्टसँग थोरै मतान्तरले पराजित भएका थिए। 

रामजनम चौधरी 

रामजनम चौधरी कैलाली क्षेत्र नम्बर १ बाट चुनावी मैदानमा उत्रदै छन्। अघिल्लो चुनावमा कैलाली ३ बाट उमेदवार बनेका चौधरी बाम गठबन्धनका तर्फबाट उमेदवार बनेका गौरीशंकर चौधरीसंग पराजित भएका थिए। चौधरी २०४८ सालपछि पहिलो पटक संसद छिर्न २०७४ सालमा रोकिए। उनी अहिले भने क्षेत्र परिर्वतन गरेर चुनाव उठ्दैछन्। २०७४ सालमा यो क्षेत्रमा प्रतिष्पर्धा गरेकी कांग्रेस केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले कैलाली १ मा रामजनमलाई चुनाव लडाउने प्रस्ताव गरेपछि उनको टिकट कन्फर्म जस्तै भएको हो। 

दीलेन्द्रप्रसाद बडु

उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री दीलेन्द्र बडु दार्चुलाबाट चुनावी मैदानमा उत्रने तयारीमा छन्। उनी २०४८ सालदेखि सोही निर्वाचन क्षेत्रमा उमेदवार बन्दैछन्। २०७४ सालमा समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य बनेका बडुलाई यो पटक चुनाव लड्नै पर्ने बाध्यातामा छन्। र उनले टिकट नपाउने भन्ने छैन्। 




प्रकाशित: Oct 02, 2022| 19:51 आइतबार, असोज १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...