बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसले बुझायो समानुपातिकको अन्तिम सूची : आरजू र मन्जुको नाम पछि सारियो, कर्माको हटाइयो

कांग्रेसले बुझायो समानुपातिकको अन्तिम सूची : आरजू र मन्जुको नाम पछि सारियो, कर्माको हटाइयो

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणको नाम समानुपातिकको सूचीबाट पछि सारिएको छ। आरजुको आठौं र मञ्जुको नवौं नम्बरमा नाम थियो।
 |  आइतबार, असोज १६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज १६, २०७९

काठमाडौं- नेपाली कांग्रेसले लामो रस्साकस्सीपछि समानुपातिक उम्मेदवारको अन्तिम सूचीको निर्वाचन आयोगमा बुझाएको छ। शनिबारदेखि रातभर बैठक बसेर बिहानपख नाम टुंगो लगाउँदै समानुपातिक उम्मेदवारको टुंगो लगाएको थियो। कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले दिएको जानकारीअनुसार कांग्रेसले अन्तिम सूची बुझाएको छ।

National life

निर्वाचन आयोगले यसअघि बुझाएको सूचीमा भएको त्रुटी संशोधनका लागि आइतबारसम्मको समय दिएको छ। बन्दसूचीमा भएका नाम फिर्ता लिन चाहनेले सोमबारसम्म फिर्ता लिन सक्नेछन्।

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणको नाम समानुपातिकको सूचीबाट पछि सारिएको छ। आरजुको आठौं र मञ्जुको नवौं नम्बरमा नाम थियो। समानुपातिकको सूचीलाई अन्तिम रुप दिन बसेको कांग्रेस नेताहरुको बैठकले आरजु र मञ्जुको नाम पहिलेको स्थानभन्दा पछि सारेको एक पदाधिकारीले जानकारी दिए।

प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्द सूचीबाट कर्मा छिरिङ शेर्पाको नाम हटाइएको छ। संशोधित सूचीमा आफ्नो नाम हटाइएको जानकारी शेर्पा आफैंले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्। ‘म नेपाली कांग्रेसको समानुपातिक उम्मेदवारबाट हटेको छु’, शेर्पाले भनेका छन्, ‘मेरो ३७ वर्षदेखिको आस्थाचाहिँ निरन्तर रहनेछ।’

शेर्पा अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष पनि हुन्। 

Shivam cement

मंसिर ४ को निर्वाचनका लागि आयोगले राजनीतिक दलहरूलाई बन्दसूचीमा देखिएको त्रुटी संशोधनका लागि ९ गतेदेखि असोज १६ सम्मको समयावधि दिएको थियो।

समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि ४८ दलले बन्दसूची पेस गरेका थिए। जसअनुसार नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चासहित ९ वटा राजनीतिक दलले शनिबार संशोधित बन्दसूची पेस गरेका छन् भने बाँकी रहेका १२ वटा दललाई बन्दसूचीमा भएको त्रुटि सच्याउन आयोगमा बोलाइएको छ। प्रमुख दलसहित ३६ वटा दलले त्रुटि सच्याएर सूची बुझाइसकेका छन्। दलहरूले बन्दसूचीमा भएको त्रुटि सच्याएपछि बन्दसूचीमा नाम भएकालाई नाम फिर्ता लिन सोमबारसम्मको समय दिइएको छ। 

प्रकाशित: Oct 02, 2022| 12:09 आइतबार, असोज १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...