मंगलबार, साउन १९, २०८३

छक्कबहादुर लामा माओवादी छोडेर एमालेमा प्रवेश

उनी एमाले अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेर एमालेमा प्रवेश गरेका हुन्।
 |  सोमबार, असोज १७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १७, २०७९

काठमाडौं- हुम्लाबाट निर्वाचित सांसद  छक्कबहादुर लामा माओवादी छोडेर नेकपा एमालेमा प्रवेश गरेका छन्। उनी एमाले अध्यक्ष केपी ओलीको निवास बालकोट पुगेर एमालेमा प्रवेश गरेका हुन्। 

उनलाई अध्यक्ष केपी शर्मा ओली, उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेताले खादा तथा टीका लगाएर पार्टीमा स्वागत गरेका थिए।

लामा २०७४ सालमा माओवादीबाट टिकट नपाएपछि वाम गठबन्धनका विरुद्ध बागी उठेर सांसद जितेका लामा चुनावपछि तत्कालीन नेकपा हुँदै माओवादीमा फर्किएका थिए। 

लामा २०४८ सालमा तत्कालीन संयुक्त जनमोर्चाबाट सांसद निर्वाचित भएका थिए। उनीसहितको टिमलाई एमालेले प्रवेश गराएर टिकट दिने एमालेले तयारी गरेको छ।

यसअघि नै जिल्लाका प्रभावशाली माओवादी नेता छिमी लामाको टिम एमालेमा प्रवेश गरिसकेको छ।

प्रकाशित: Oct 03, 2022| 12:17 सोमबार, असोज १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...