मंगलबार, साउन १९, २०८३

ओली गृहनगर झापामा व्यस्त हुँदा एमालेको टिकट वितरण दसैंपछि

अध्यक्ष केपी ओली टीकाको दिनसम्म गृहजिल्ला झापामै बस्ने कार्यक्रम रहेकाले दसैंअघि टिकट वितरण नहुने देखिएको हो।
 |  सोमबार, असोज १७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १७, २०७९

काठमाडौं- नेकपा एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन टिकट वितरण दसैंको टीकापछि मात्रै गर्ने भएको छ। अध्यक्ष केपी  ओली टीकाको दिनसम्म गृहजिल्ला झापामै बस्ने  कार्यक्रम रहेकाले दसैंअघि टिकट वितरण नहुने देखिएको हो।

अध्यक्ष ओली सोमबार बिहान ११ बजे झापा गएका छन्। ‘दसैंको अघिल्लो दिन अध्यक्ष ओलीले झापामा बृहत चियापान राख्ने गर्नुभएको छ’, प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने। ओलीका पिता झापा नै भएकाले टीका लगाएर मात्रै काठमाडौं फर्कने कार्यक्रम रहेको उनको भनाइ छ।

‘अरु नेताहरू पनि दशैं मनाउन गृह जिल्ला पुग्नुभएको छ’, रिजालले भने, ‘महासचिव शंकर पोखरेल दाङ पुग्नुभएको छ भने उपाध्यक्ष विष्णुप्रसाद पौडेल बुटवल हुनुहुन्छ।’ अध्यक्षसहित नेताहरु नै गृह जिल्लातिर लाग्ने कार्यक्रम भएकाले दसैंको टीका पछि मात्रै टिकट वितरणबारे निर्णय हुनेछ।

गत बिहीबारको सचिवालय बैठकले टिकट तिवरण गर्ने अधिकारी अध्यक्ष ओलीलाई दिएको थियो। तर अन्य नेताहरुसँग पनि छलफल गर्नुपर्ने हुँदा दसैं अगाडि टिकट वितरणको सम्भावना नरहेको नेताहरू बताउँछन्।



प्रकाशित: Oct 03, 2022| 13:42 सोमबार, असोज १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...