मंगलबार, साउन १९, २०८३

निर्वाचन क्षेत्र बाँडफाँटको टुंगो लगाउन गठबन्धनको बैठक सुरु

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा सिट बाँडफाँट विवाद मिलाउन प्रयास हुने बताइएको छ।
 |  सोमबार, असोज १७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १७, २०७९

काठमाडौं- सिट बाँडफाँटबारे अन्तिम टुंगो लगाउन सत्ता गठबन्धनका नेताहरूको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा सिट बाँडफाँट विवाद मिलाउन प्रयास हुने बताइएको छ।

अघिल्लो बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादवले आफूहरूलाई थोरै सिट दिन खोजिएको भन्दै गठबन्धनबाट बाहिरिने चेतावनी दिएका थिए।

आइतबार सहमति नभएपछि आज सोमबारका लागि बैठक तय भएको थियो। आइतबारको बैठकमा यादवले आफूहरूलाई १६ सिट मान्य नहुने भन्दै कम्तीमा २२ सिट चाहिने बताएका थिए।

गठबन्धनको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले समेत आफूहरूलाई थोरै निर्वाचन क्षेत्र मान्य नहुने बताएका थिए। नेकपा एकीकृत समाजवादीले कम्तीमा २५ क्षेत्रमा दाबी गरेको थियो।

प्रकाशित: Oct 03, 2022| 11:14 सोमबार, असोज १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...