मंगलबार, साउन १९, २०८३

कांग्रेसले हटायो समानुपातिकको बन्दसूचीबाट कर्मा छिरिङको नाम

कांग्रेसमा शेखर कोइराला समूहले आफ्नो कोटाका व्यक्ति सूचीमा नपरेको भन्दै विरोध गरेपछि कांग्रेसले बन्दसूची संशोधन गरेको हो।
 |  आइतबार, असोज १६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज १६, २०७९

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यको समानुपातिक बन्दसूचीबाट कर्मा छिरिङको नाम हटाएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष रहेका शेर्पाले आफ्नो नाम सूचीबाट हटेको बताएका हुन्। कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा शेर्पाको नाम ३६ नम्बरमा थियो।

कांग्रेसमा शेखर कोइराला समूहले आफ्नो कोटाका व्यक्ति सूचीमा नपरेको भन्दै विरोध गरेपछि कांग्रेसले बन्दसूची संशोधन गरेको हो। 

आयोगको समानुपातिक निर्वाचन कार्यक्रमअनुसार बन्दसूची संशोधन गर्ने म्याद आइतबार सकिँदै छ। सूचीमा रहेका व्यक्तिले सोमबारसम्म आफ्नो नाम फिर्ता लिन सक्ने आयोगले जनाएको छ।

प्रकाशित: Oct 02, 2022| 10:59 आइतबार, असोज १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...