मंगलबार, साउन १९, २०८३

कांग्रेसले बुझायो समानुपातिकको अन्तिम सूची

पार्टीभित्र समानुपातिक सूचीमा व्यापक असन्तुष्टि बढेपछि कांग्रेसले हेरफेर गरेर अन्तिम नामावली बुझाएको एक नेताले बताए।
 |  आइतबार, असोज १६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज १६, २०७९

काठमाडौं- नेपाली कांग्रेसले समानुपातिक सूचीको अन्तिम नामावली निर्वाचन आयोगमा बुझाएको छ।

पार्टीभित्र समानुपातिक सूचीमा व्यापक असन्तुष्टि बढेपछि कांग्रेसले  हेरफेर गरेर अन्तिम नामावली बुझाएको एक नेताले बताए।

समानुपातिकको बन्दसूचीमा असन्तुष्टि जनाएको डा. शेखर कोइराला पक्षले पार्टीभित्र विद्रोहको चेतावनी समेत दिएको थियो।

शनिबार दिउँसोदेखि कांग्रेस नेताहरू बालुवाटारमा छलफलमा बसेका थिए। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार शनिबार नै आयोगमा अन्तिम सूची बुझाइएको हो।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा भएको त्रुटि सच्याउन निर्वाचन आयोगले दलहरूलाई दिएको समायावधि आइतबार सकिँदैछ। बन्दसूचीमा भएकालाई नाम फिर्ता लिन सोमबारका लागि समय तोकिएको छ। 

प्रकाशित: Oct 02, 2022| 10:30 आइतबार, असोज १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...