सोमबार, मंसिर ८, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • देउवाले भने- राजनीतिमा सधैं एकैनास हुँदैन र गठबन्धनमा पनि दायाँबायाँ हुँदैन

देउवाले भने- राजनीतिमा सधैं एकैनास हुँदैन र गठबन्धनमा पनि दायाँबायाँ हुँदैन

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिमा सधैं एकनास नहुने बताएका छन्। उनले गठबन्धनलाई आगामी चुनावसम्म लगेर जाने र यसमा कुनै दायाँबायाँ नहुने पनि बताएका हुन्।
 |  आइतबार, असोज १६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज १६, २०७९

काठमाडौं- प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिमा सधैं एकनास नहुने बताएका छन्। उनले गठबन्धनलाई आगामी चुनावसम्म लगेर जाने र यसमा कुनै दायाँबायाँ नहुने पनि बताएका हुन्। 

National life

सभापति देउवालाई भेट्न बालुवाटार पुगेका नेपाली कांग्रेस डडेलधुराका दुई दर्जन नेता कार्यकर्तालाई उनले गठबन्धनको पक्षमा माहोल बनाउन पनि निर्देशन दिएका हुन्। 

देउवाको गृहजिल्ला डडेल्धुराको प्रतिनिधिसभा देउवा आफै र प्रदेशमा क मा माओवादीका खगराज भट्ट र ख मा कांग्रेसबाटै उम्मेदवार बन्‍ने भएका छन्। माओवादीले तीनपटक देउवासँगै हारेका खगराज भट्टलाई प्रदेशसभा ‘क’ को उमेदवार बनाउने टुंगो लगाएपछि कांग्रेस नेताहरु देउवालाई भेट्न बालुवाटार पुगकेा थिए। 

जिल्लाका नेताहरुले माओवादीलाई प्रदेशसभा ‘क’ दिन नहुने माग गरेका थिए। 'प्रधानमन्त्रीज्यूले गठबन्धनमा दाँयाबाँया हुँदैन। तपाईहरुले के भन्न खोजेको?,' प्रधानमन्त्री देउवा झोँक्किएको प्रसंग उल्लेख गर्दै भेटका सहभागी ती नेताले भने, 'तपाईहरु प्रचारमा गाउँ नगए पनि हुन्छ। बस्नुस् यतै ! काठमाडौं। म चुनाव हार्दा के हुन्छ। हारौंला खगराज पनि हार्लान्।'

भेटमा सहभागीहरुले माओवादीलाई भोट दिन नसक्ने बताएपछि देउवा आक्रोशित भएका हुन्। देउवाले फेरि भने, 'मैले प्रचण्डको टाउकोको मूल्य तोक्या होइन। माओवादीले मलाई मार्न गोली हान्या होइन? हामी मिलेका छौं त, तपाईँहरु पनि मिल्नुस्। राजनीतिमा सधैं एकैनास हुँदैन।'

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 02, 2022| 13:02 आइतबार, असोज १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...