सोमबार, कात्तिक २, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • भारत छाड्न दिइएको नोटिसविरुद्ध अभिनेता इमरान खान उच्च अदालतमा

भारत छाड्न दिइएको नोटिसविरुद्ध अभिनेता इमरान खान उच्च अदालतमा

 |  सोमबार, कात्तिक २, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २, २०८३

काठमाडौं- अभिनेता आमिर खानका भाञ्जा इमरान खानले भारत छाड्न दिइएको नोटिसविरुद्ध बम्बई उच्च अदालतमा निवेदन दिएका छन्। उनले उक्त नोटिस मनोमानी, गैरकानुनी र असंवैधानिक भएको दाबी गरेका छन्।

भारतको विदेशी नागरिक दर्ता कार्यालयले इमरानलाई दोस्रो नोटिस पठाउँदै उनको भारतीय मूलका विदेशी नागरिक परिचयपत्र किन रद्द नगर्ने भन्दै १५ दिनभित्र जवाफ दिन भनेको छ। यसअघि उनलाई अक्टोबर २८ अघि भारत छाड्न निर्देशन दिइएको थियो।

इमरानले शान्तिपूर्ण प्रदर्शनमा सहभागी भएकै आधारमा आफूविरुद्ध कारबाही गरिएको दाबी गरेका छन्। उनले नोटिस जारी गर्दा त्यसको कारण नखुलाइएको, प्रमाण उपलब्ध नगराइएको र आफ्नो पक्ष राख्ने अवसरसमेत नदिइएको बताएका छन्।

उनले अक्टोबर १० मा मुम्बईमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै भएको प्रदर्शनमा भाग लिएका थिए। त्यसक्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

इमरानको कानुनी टोलीले घटनास्थलको सिसिटिभी दृश्य उपलब्ध गराउन प्रहरीसँग माग गरेको छ। प्रदर्शनमा उनको सहभागिता थियो वा थिएन भन्ने स्पष्ट पार्न उक्त दृश्य आवश्यक रहेको उनको पक्षको भनाइ छ।

प्रकाशित: Oct 19, 2026| 12:43 सोमबार, कात्तिक २, २०८३
प्रतिक्रिया दिनुहोस्