बिहीबार, असार ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • हाम्रो चुनावी एजेण्डा परिवर्तनको रक्षा गर्ने र सविधान जोगाउने हो : रामचन्द्र पौडेल

हाम्रो चुनावी एजेण्डा परिवर्तनको रक्षा गर्ने र सविधान जोगाउने हो : रामचन्द्र पौडेल

विजया दशमीका अवसरमा भिडियो सन्देश जारी गर्दै वरिष्ठ नेता पौडेलले संविधानको रक्षा गर्दै विकास र उन्नतीको अठोट लिएर चुनावी मैदानमा होमिने बताएका छन्।
 |  सोमबार, असोज १७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १७, २०७९

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिवर्तनको रक्षा गर्ने र सविधान जोगाउने एजेण्डा लिएर आगामी चुनावका जाने बताएका छन्।

National life

विजया दशमीका अवसरमा भिडियो सन्देश जारी गर्दै वरिष्ठ नेता पौडेलले संविधानको रक्षा गर्दै विकास र उन्नतीको अठोट लिएर चुनावी मैदानमा होमिने बताएका छन्।

पौडेलले देशमा संक्रमणकालिन अवस्थामा अझै कायम रहेको भन्दै व्यवस्था माथि अझै संकट अहिले पनि कायम रहेको बताएका छन्। पौडेलले भिडियो सन्देशमा भनेका छन्, ‘व्यवस्थामाथि संकटको बादल मडारिरहेको अनुभूती भइरहेको छ। पहिलो एजेण्डा अझै पनि व्यवस्था जोगाउने र संविधान जोगाउने नै हो।’

उनले नेपाललाई सुशासन दिएर नेपालको उन्नती प्रदान गर्नुको साटो देशलाई उल्टो बाटोमा लैजाने प्रवृतिले षड्यन्त्र कायम रहेको आफूलाई अनुभूती भइरहेको बताएका छन्। उनले देशलाई उल्टो बाटोमा लैजाने प्रवृतिलाई निरुत्साहित गर्न जरुरी रहेको उल्लेख गरेका छन्।

पौडेलले मुलुकलाई स्पष्ट दिशा र लक्ष्य अगाडि राखेर सत्तामा रहेका पाँच दलका बीचमा गठबन्धन भएको प्रष्ट्याएका छन्। पौडेलले भिडियो सन्देशमा भनेका छन्, ‘मुलुकको हितको लागि र समाजिक न्यायको लागि हामी डटिरहेका छौं। मुलुकलाई उन्नतीको मार्गका लैजानका लागि हामीले गठबन्धन गरेका हौ।’

Shivam cement

पौडेलले नेपालको उन्नतीको बाटोलाई अगाडि बढाउदै मुलुकलाई पश्चगामी बाटोमा लैजान टाउको उठाउदै गर्ने प्रवृतिहरुलाई निरुत्साहीत पार्न नेतृत्वको कार्यक्षमता, सुशासन दिने नैतिक क्षमता र नैतिक शक्तिको आवश्यकता हुने बताए।

उनले भनेका छन्, ‘प्रवुद्ध वर्गलाई अपिल गर्न चाहान्छु। अहिले नेपालको अवस्था के हो मुलुकलाई कुन प्रवृतिले मुलुकलाइ पछाडि धकेल्ने खोजेका छन्। यी कुरालाई ध्यानमा राखेर व्यवस्थालाई कायम राखेर अगाडि बढ्नुको विकल्प छैन्। जनताले अधिकार पाएको संविधानको रक्षा गर्नु नै आजको विकल्प हो।’

प्रकाशित: Oct 03, 2022| 09:10 सोमबार, असोज १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...