मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले-लोसपा चुनावी गठबन्धन : वार्ता समितिले सहमति नजुटाएपछि ओली-महन्थबीच छलफल

एमाले-लोसपा चुनावी गठबन्धन : वार्ता समितिले सहमति नजुटाएपछि ओली-महन्थबीच छलफल

आगामी चुनावमा सिट बाँडफाँटको विषय टुंग्याउन दुवै नेताबीच छलफल भएको हो।
 |  सोमबार, असोज १७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १७, २०७९

काठमाडौं- नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच आगामी ४ मंसिरको चुनावका लागि गठबन्धन गरी सिट बाँडफाँट गर्न गठित वार्ता समिति सहमतिमा पुग्न असफल भएको छ। 

वार्ता समिति र एमाले शीर्ष नेताबीच तीनसम्म चलेको वार्तामा कुरा नमिलेपछि एमाले अध्यक्ष केपी ओली र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच छलफल भएको छ। 

आगामी चुनावमा सिट बाँडफाँटको  विषय टुंग्याउन दुवै नेताबीच छलफल भएको लोसपाले बताएको हो।

एमाले र लोसपाबीच गठबन्धन हुने/नहुने विषयमा ठाकुरले ओलीसँग छलफल गर्नेछन्। दुई दलबीच भएको छलफलमा एमालेले चुनावी गठबन्धन विषयमा त्यति चासो नदेखाएको वार्तामा सहभागी एक नेताले बताए।

मधेसमा शीर्ष नेताहरूले नै पार्टीमा प्रवेश गर्न थालेपछि एमालेले चुनावी गठबन्धनका लागि त्यति चासो नदेखाएको लोसपाका एक नेताको भनाइ छ।

जसपाले मधेस प्रदेशमा १९ सिट माग गरेकामा एमालेले सहमति जनाएको छैन। एमालेले लोसपालाई १० सिट मात्र दिन चाहेको बताइएको छ।

प्रकाशित: Oct 03, 2022| 11:57 सोमबार, असोज १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...