शुक्रबार, मंसिर ५, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसमा समानुपातिक सिट बाँडफाँट: शेखर कोइरालालाई २५ प्रतिशत, देउवालाई ठूलो भाग

कांग्रेसमा समानुपातिक सिट बाँडफाँट: शेखर कोइरालालाई २५ प्रतिशत, देउवालाई ठूलो भाग

समानुपातिकमा करिब २५ प्रतिशत हिस्सा शेखर समूहलाई दिइएपछि पार्टी सभापति देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिलाई आफूले राखेको ७५ प्रतिशतभित्रै समेट्नेछन्।
 |  आइतबार, असोज १६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज १६, २०७९

काठमाडौं- सिट बाँडफाँटको किचलोमा परेको सत्तारुढ नेपाली कांग्रेसले आन्तरिक सहमति जुटाएर समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची हेरफेर गरेको छ। 

National life

कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले पार्टीभित्र सहमति निर्माण गरेर बन्दसूची संशोधन गरिएको बताएका हुन्।

समानुपातिकमा करिब २५ प्रतिशत हिस्सा शेखर कोइराला समूहलाई दिइएपछि पार्टी सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधिलाई आफूले राखेको ७५ प्रतिशतभित्रै समेट्नेछन्।

निर्वाचन आयोगले २–३ असोजमा बुझाएको बन्दसूचीमाथि हेरफेरका लागि आइतबारसम्मको समय दिएको छ। सोही समयमा कांग्रेसले ३ असोजमा पेस गरेको बन्दसूची संशोधन गरेको हो।

कांग्रेसमा नेता शेखर कोइराला पक्षले यसअघि समानुपातिकमा एकलौटी गरिएको भन्दै विरोधमा उत्रिएको थियो। कोइराला पक्षका दोस्रो र तेस्रो तहका नेताहरूले समानुपातिक बन्दसूची सच्याउन माग गर्दै खबरदारी भेला, बैठक र धर्नासमेत गरेका थिए ।

Laxmi sunrise bank
kumari

सभापति देउवाले कोइराला पक्षको असन्तुष्टिलाई सम्बोधन गर्न ३ दिन पदाधिकारी बैठक राखेर सहमतिको प्रयास गरेका थिए। शनिबार बिहानदेखि आइतबार बिहानसम्म बसेको पदाधिकारी र शीर्ष नेताको बैठकले सहमति जुटाएको हो।

कोइराला पक्षले १२ जना सांसद हुने गरी आफू पक्षीय नेताको नाम राख्न भनेको थियो। पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेल, सचिवद्वय प्रेम केसी र कृष्णप्रसाद दुलाल निर्वाचन आयोग पुगेर ३ असोजमा बुझाएको नाममा हेरफेर गरिएको हो।

प्रकाशित: Oct 02, 2022| 14:22 आइतबार, असोज १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...