मंगलबार, साउन १९, २०८३

प्रचण्डको चाडपर्व शुभकामना : प्रजातन्त्रवादी हामीलाई मत दिनुस्

आगामी ४ मंसिरको चुनावमा प्रतिगमन विरोधी शक्तिलाई मत नदिई लोकतन्त्रवादीलाई दिन प्रचण्डको आह्वान।
 |  सोमबार, असोज १७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १७, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिन अपिल गरेका छन्। उनले प्रतिगमनविरोधी शक्तिलाई मत नदिई लोकतन्त्रवादीलाई दिन आह्वान गरेका हुन्।

दसैंलगायत चाडपर्व अवसरमा आइतबार बिहान शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले भनेका छन्, ‘आगामी ४ मंसिरमा हुन गइरहेको निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिई संविधान, गणतन्त्र, संघीयताको रक्षा र सुदृढीकरणका लागि विजय गराउनुहुन आम जनसमुदायमा हार्दिक अपिल गर्दछु।’

नेपालका चाडपर्वको मौलिक विशेषता विविधतामा एकता रहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवं बहुधार्मिक मुलुक हो। हामी नेपालीको मौलिक विशेषता भनेकै विविधतामा एकता हो।’

शुभकामना सन्देशमा उनले भनेका छन्, ‘हाम्रा सबै प्रमुख चाडवाडका आ–आफ्नै पृष्ठभूमि, मौलिकता र मूल्य छन्। देशको भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण गर्दै तिनको समृद्धिमा लाग्नु हामी सबैको दायित्व हो। हाम्रा यिनै सांस्कृतिक पर्वले नेपाली समाजमा आपसी सहिष्णुता र भावनात्मक एकता पैदा गर्ने विश्वास लिएको छु।’

प्रकाशित: Oct 03, 2022| 08:45 सोमबार, असोज १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...