मंगलबार, साउन १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • मिश्रको 'विचारभन्दा माथि देश' दस्तावेज 'घातक', विवेकशील साझाद्वारा खारेज

मिश्रको 'विचारभन्दा माथि देश' दस्तावेज 'घातक', विवेकशील साझाद्वारा खारेज

विवेकशील साझा पार्टीको केन्द्रीय समिति बैठकले मिश्रले अघि सारेको उक्त दस्तावेज विवादास्पद भएको भन्दै खारेज गरेको प्रवक्ता प्रकाशचन्द्र परियारले जानकारी दिए ।
 |  शनिबार, असोज १५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज १५, २०७९

काठमाडौं- विवेकशील साझा पार्टीले तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले अघि सारेको 'विचारभन्दा माथि देश' दस्तावेजलाई 'घातक' भन्दै खारेज गरेको छ। विवेकशील साझा पार्टीको केन्द्रीय समिति बैठकले मिश्रले अघि सारेको उक्त दस्तावेज विवादास्पद भएको भन्दै खारेज गरेको प्रवक्ता प्रकाशचन्द्र परियारले जानकारी दिए ।

उनका अनुसार विवेकशील साझाको शुक्रबार अध्यक्ष समीक्षा बाँस्कोटाको अध्यक्षतामा सम्पन्‍न केन्द्रीय समिति बैठकले तत्कालीन अध्यक्ष मिश्रले अघि सारेको दस्तावेजकै कारण 'पार्टीभित्र तीव्र राजनीतिक असहमति सुरु भएको र त्यसले पार्टी निर्माण र पब्लिक सर्भिस डेलिभरीको आशावादी राजनीतिक मिसन प्रत्युत्पादक भएको' निष्कर्ष निकालेको छ। 

मिश्रले दस्तावेज सार्वजनिक गरेपछि उक्त विचारसँग असहमत पार्टीका केन्द्रीय तथा अन्य समितिका नेताहरूसँग तत्काल संवाद गरी सबै प्रकारको समस्याको समाधान गर्न अग्रसर हुने निर्णय भएको पनि परियारले जानकारी दिए ।

तत्कालीन अध्यक्ष मिश्रसँग असन्तुष्ट रहेर पार्टीबाट राजीनामा दिई स्वतन्त्र बसेका नेताहरूलाई पुनः सक्रिय हुन पनि विवेकशील साझा पार्टीले आग्रह गरेको छ। 

मिश्रले विवेकशील साझा छोडेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन्। उनी राप्रपामा वरिष्ठ उपाध्यक्ष भएका हुन्। राप्रपा प्रवेश गर्नका लागि गत सोमबार पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका थिए। उनी बुधबार राप्रपा प्रवेश गरेका थिए। मिश्र राप्रपा प्रवेश गरेपछि उनले विवेकशील साझामा प्रवेश गराएको 'विचारभन्दा माथि देश' खारेज भएको हो।

उनले हाल राजतन्त्र पुनर्स्थापना गर्नुपर्ने मुद्दा बोकेर काठमाडौं-१ मा चुनाव लड्ने घोषणा गरेका छन्। 

प्रकाशित: Oct 01, 2022| 21:35 शनिबार, असोज १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...