मंगलबार, साउन १९, २०८३

इटहरीका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादीमा प्रवेश

आइतबार बिहान उनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा स्वागत गरेका हुन्।
 |  आइतबार, असोज १६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज १६, २०७९

काठमाडौं- नेकपा एमालेका नेता तथा इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

आइतबार बिहान उनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा स्वागत गरेका हुन्।

दाहालको सचिवालयले दिएको जानकारीअनुसार उनलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिका र खादा लगाएर स्वागत गरेका थिए। यसअघि एमालेमा सक्रिय चौधरी विभिन्न कारणले विवादमा तानिएका थिए। 

नेकपा एमालेबाट संसदीय चुनावमा टिकट पाउने सम्भावना नदेखेपछि उनी माओवादी प्रवेश गरेको बताइएको छ।

चौधरी सुनसरी क्षेत्र नम्बर २ को प्रदेशसभा क बाट उम्मेदवार बन्न लागेका बुझिएको छ। सो क्षेत्रमा यसअघि एमालेका सर्वध्वज साँवाले जितेका थिए।

प्रकाशित: Oct 02, 2022| 09:51 आइतबार, असोज १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...