सिंह दाजु भाइको पेलानमा डा. अमरेश सिंह परेका छन्। जसको पछिल्लो उदाहरण हो- डा. सिंह उम्मेदवारी सिफारिसमै नपर्नु। यो क्षेत्रबाट अमरेशलाई पाखा लगाउन महामन्त्री गगनकुमार थापाको नाम एकल सिफारिस गरिएको...
आयोगले तोकेको समयसम्म प्रतिनिधि सभका लागि २७ वटा दलले बन्दसूची बुझाएका छन्। निर्वाचन आयोगले दिएको जानकारी अनुसार राति १० बजेसम्म प्रतिनिधि सभाका लागि २७ दलले बन्दसूची पेश गरेका हुन्।
स्थानीय तहको निर्वाचनको आगामी सङ्घीय निर्वाचनमा पर्ने प्रभावका सन्दर्भमा ‘सोसियल डेमोक्रेटिक फाउन्डेशन’ ले सोमबार सरोकारवालासँग गरेको छलफलका वक्ताले दलबाट दिक्क भएका मतदाताले स्वतन्त्र व्यक्तिलाई चयन गरेको बताए।
संघीय संसद्को दुबै सदनले दुई पटक पारित गरेको नागरिकता सम्बन्धी विधेयकबारे राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवा शीतलनिवास पुगेका छन्।
'तपाईंहरूले क्रान्ति गर्ने जिम्मेवारी दिनुभयो। अर्कोतिर शान्ति सम्झौता गरेर शान्तिमा रुपान्तरण गर्ने जिम्मेवारी दिनुभयो। अब पुन: एकपटक समृद्धिको नेतृत्व गर्ने अवसर दिनुहोस्,' उनले भने।
भाषणका क्रममा उनले आफूले सोलुको विकासका लागि गरेका कामको फेहरिस्त सुनाएका थिए। तर यतिविधि काम गरेको र त्यसैका विषयमा भाषण गर्दा पनि कार्यक्रममा सहभागीले ताली नबजाएपछि नागरिकहरूमाथि घुर्की लगाए।