शनिबार, साउन १६, २०८३

एमाले केन्द्रीय सदस्य रामले त्यागे पार्टी, यस्तो छ कारण

नेकपा एमालेका केन्द्रीय सदस्य एवम् नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सचिव रामप्रित रामले पार्टी परित्याग गरेका छन्।
 |  मंगलबार, कात्तिक २९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २९, २०७९

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य एवम् नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सचिव रामप्रित रामले पार्टी परित्याग गरेका छन्। 

आसन्न मंसिर ४ को चुनावमा जनता समाजवादी पार्टी जसपा, राप्रपा र  राप्रपा नेपालसँग तालमेल गरेकोप्रति असन्तुष्टि जनाउँदै रामले एमाले परित्यागको घोषणा गरेका हुन्। 

सोमबार जारी विज्ञप्तिमा ‘पार्टी केन्द्रीय कमिटीको बैठकले आसन्न प्रितिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने भनि गरेको निर्णय उल्टाउँदै एकल क्षेत्रीय राष्ट्रवाद र घोर दक्षिणपन्थी दलसँग गठबन्धन गरिएको’ उनले आरोप लगाएका छन्। 

उनले ‘४–५ दशकदेखि पार्टी संगठनमा योगदान तथा त्याग गरेका कमरेडहरूलाई टिकटबाट बञ्चित गर्नु तर कुख्यात पञ्चायतकालीन तस्कर राजसंस्था पुनःस्थापनाका लागि गतिविधि गर्ने कमल थापालाई पार्टीले टिकट दिएर सूर्य छापबाट चुनाव’ लडाएको भन्दै असन्तुष्टि जनाएका छन्।

प्रकाशित: Nov 15, 2022| 07:25 मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...