सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • ककरोच जनता पार्टी अक्टोबर २ मा मुम्बईमा ‘जेल भरो आन्दोलन’ गर्ने घोषणा

ककरोच जनता पार्टी अक्टोबर २ मा मुम्बईमा ‘जेल भरो आन्दोलन’ गर्ने घोषणा

 |  सोमबार, असोज १२, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, असोज १२, २०८३

काठमाडौं। भारतको ककरोच जनता पार्टी (सीजेपी) ले आगामी अक्टोबर २ मा मुम्बईमा ‘जेल भरो आन्दोलन’ गर्ने घोषणा गरेको छ। पार्टीका संस्थापक अभिजीत दिप्केले सोमबार यस्तो घोषणा गरेका हुन्।

गान्धी जयन्तीका दिन शिवाजी पार्कमा प्रदर्शन गर्ने पार्टीको अनुरोधलाई मुम्बई प्रहरीले अस्वीकार गरेपछि दिप्केले ‘जेल भरो आन्दोलन’ गर्ने घोषणा गरेका हुन्। दिप्केले सामाजिक सञ्जालमार्फत अक्टोबर २ मा शिवाजी पार्कमा ‘जेल भरो आन्दोलन’ गर्ने जानकारी दिएका छन्।

प्रस्तावित प्रदर्शन मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई लक्षित गर्दै आयोजना गर्न लागिएको थियो। सीजेपीले ज्ञानेश कुमारको राजीनामा माग गर्दै आएको छ। साथै मतदाता नामावलीको विशेष सघन पुनरावलोकन प्रक्रिया रोक्न तथा निर्वाचन आयोगसम्बन्धी कानुनमा संशोधन गर्नुपर्ने माग पनि पार्टीले अघि सारेको छ।

मुम्बई प्रहरीले शिवाजी पार्कमा सभा गर्न अनुमति दिन नसकिने जनाएको छ। बम्बई उच्च अदालतको आदेश तथा त्यसपछि महाराष्ट्र सरकारले जारी गरेका आदेशलाई उद्धृत गर्दै प्रहरीले शिवाजी पार्कमा प्रदर्शनका लागि अनुमति दिन नसकिने बताएको हो। प्रहरीले सम्भावित ध्वनि प्रदूषण, सवारीसाधनको चाप तथा सर्वसाधारणको आवागमनमा पर्न सक्ने असरलाई समेत कारणका रूपमा उल्लेख गर्दै आयोजकलाई वैकल्पिक स्थानबारे विचार गर्न आग्रह गरेको छ।

यसअघि दिप्केले प्रदर्शनको अनुमति अस्वीकार गरिएकोप्रति आपत्ति जनाउँदै नागरिकको आवाज दबाउने प्रयास स्वीकार्य नहुने बताएका थिए। 

प्रकाशित: Sep 28, 2026| 17:34 सोमबार, असोज १२, २०८३
प्रतिक्रिया दिनुहोस्