शनिबार, साउन १६, २०८३

क्यान्सर लाग्ने अवस्थाको अन्त्य गर्ने नेता शर्माको दाबी

मङ्सिर ४ गते हुन लागेको निर्वाचनका क्रममा घरदैलो अभियानमा रहनु भएका शर्माले बेलबारी क्षेत्रमा सञ्चालित भाँडा उद्योगबाट उत्सर्जन हुने घातक रसायनले त्यस क्षेत्रका बालकदेखि वृद्धसम्म क्यान्सरबाट पीडित रहेको बताए।
 |  मंगलबार, कात्तिक २९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २९, २०७९

सुन्दरहरैँचा- डा. सुनिलकुमार शर्माले औद्योगिक रसायनका कारण क्यान्सर रोग लाग्ने अवस्थाको अन्त्य गर्ने बताएका छन्।

मोरङ  क्षेत्र नं ३ बाट संयुक्त लोकतान्त्रिक वामगठबन्धनका उम्मेदवार समेत रहेका शर्माले मानवबस्तीमा सञ्चालित उद्योगबाट उत्सर्जन हुने रसायनका कारण क्यान्सर जस्ता प्राणघातक रोगको सङ्क्रमण बढेको बताए। उनले आफू निर्वाचित भए यस्तो समस्या समाधानमा केन्द्रित हुने बताए।

मङ्सिर ४ गते हुन लागेको निर्वाचनका क्रममा घरदैलो अभियानमा रहनु भएका शर्माले बेलबारी क्षेत्रमा सञ्चालित भाँडा उद्योगबाट उत्सर्जन हुने घातक रसायनले त्यस क्षेत्रका बालकदेखि वृद्धसम्म क्यान्सरबाट पीडित रहेको बताए। उनले स्थानीय जनताले अनुभूत गर्नेगरी विकास गर्ने समेत प्रतिबद्धता जनाए। लोहोन्द्रा खोलाले स्थानीय क्षेत्रमा पुर्‍याउने गरेको क्षति आफूले भोगेको भन्दै उनले आफू निर्वाचित भए तटबन्ध निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। 

साथै बेलबारी क्षेत्रमा बसपार्क निर्माण गर्न पनि आफूले पहल गर्ने उनको भनाइ छ। आफू स्वास्थ्य क्षेत्रको जानकार भएकाले जनताको स्वास्थ्य उपचारको ग्यारेन्टी आफूले गर्ने दाबी गरे।


प्रकाशित: Nov 15, 2022| 00:05 मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...