आइतबार, जेठ ३१, २०८३

चुनावको जनमत शिरोधार्य गर्ने प्रधानमन्त्री देउवाको प्रतिबद्धता

पश्चिम नवलपरासीको क्षेत्र–१ मा उम्मेदवार रहेका चौधरीलाई जिताउन मतदातासँग देउवाको आग्रह।
 |  मंगलबार, कात्तिक २९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २९, २०७९

काठमाडौं– प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी चुनावमा जनताले दिएको अभिमतलाई शिरोधार्य गरिने प्रतिबद्धता जनाएका छन्। देउवाले चुनाव जितेर पुनः प्रधानमन्त्री बने संसद् विघटन नगरिने बताएका छन्।

National life

मंगलबार पश्चिम नवलपरासीको क्षेत्र–१ मा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।

जनताले एमालेलाई दिएको अभिमतलाई केपी ओलीले बीचमै तुहाइदिएको दाबी गर्दै देउवाले लोकतान्त्रिक गठबन्धनलाई बहुमतले विजय गराउन मतदातासँगा आग्रह गरे।

पश्चिम नवलपरासी–१ मा सत्ता गठबन्धनबाट कांग्रेसका विनोद चौधरी उम्मेदवार छन्। चौधरीको विजयले यस क्षेत्रको विकास निर्माणले गति लिने देउवाको भनाइ छ।

प्रकाशित: Nov 15, 2022| 14:44 मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...