शनिबार, साउन १६, २०८३

डा. शेखर कोइरालालाई स्वतन्त्र उम्मेदवारको समर्थन

प्रतिनिधिसभा सदस्यका लागि मोरङको निर्वाचन क्षेत्र नम्बर ६ बाट स्वतन्त्र रूपमा उम्मेदवारी दिएका सुशील खड्काले डा. शेखर कोइरालालाई समर्थन गरेका छन्।
 |  मंगलबार, कात्तिक २९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २९, २०७९

विराटनगर- प्रतिनिधिसभा सदस्यका लागि मोरङको निर्वाचन क्षेत्र नम्बर ६ बाट स्वतन्त्र रूपमा उम्मेदवारी दिएका सुशील खड्काले डा. शेखर कोइरालालाई समर्थन गरेका छन्। 

यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका कोइरालालाई समर्थन गर्दै खड्काले उम्मेदवारी निष्कृय बनाएका हुन्। 

कोइराला निवासमा मंगलबार बिहान आयोजित कार्यक्रममा खड्काले आफ्नो उम्मेदवारी निष्कृय बनाउँदै कोइरालालाई सघाउने घोषणा गरे। 

स्वतन्त्र युवा समूह गठन गरेर सुशीलले सामाजिक कार्य गर्नुका साथै राजनैतिक खबरदारी गर्दै आएका थिए। युवा शक्तिको व्यवस्थापन, ३० लाख हेक्टर कृषि क्षेत्र निर्धारण, विराटनगरको कोसी लोकमार्ग पश्चिमका वडाको समान विकासको पहुँच पुर्‍याउनेसहित राष्ट्रिय एजेण्डा उठाइदिने शर्तमा डा. कोइरालालाई समर्थन गरेको उनले बताएका छन्।

प्रकाशित: Nov 15, 2022| 10:01 मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...