आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसभित्र देउवाबाहेक अरूहरूले प्रधानमन्त्रीको दाबी गर्नु पार्टी हित प्रतिकूल : प्रवक्ता महत

कांग्रेसभित्र देउवाबाहेक अरूहरूले प्रधानमन्त्रीको दाबी गर्नु पार्टी हित प्रतिकूल : प्रवक्ता महत

सभापति देउवाबाहेकका अन्य कुनै कांग्रेस नेताले आफूलाई प्रधानमन्त्रीको दावेदार मानेर भोट माग्दा पार्टीको पक्षमा माहोल नबन्ने प्रवक्ता महतको दाबी।
 |  मंगलबार, कात्तिक २९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २९, २०७९

काठमाडौं– कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले आगामी निर्वाचनपछि सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री हुने भएपछि पार्टीभित्रका कसैले पनि प्रधानमन्त्री हुने भन्दै मत माग्दा बाजा बजाउन जरुरी नभएको बताएका छन्। 

National life

कांग्रेस महामन्त्री गगन थापा, शशांक कोइरालालगायतका नेताले आगामी चुनावपछि आफूलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर भोट मागिरहेका बेला सभापति निकट प्रवक्ता महतले यस्तो बताएका हुन्। 

डा. महतले प्रधानमन्त्रीको बाजा बजाएर पार्टी हित नहुने दाबी गरे। उनले भने, ‘अहिले प्रधानमन्त्री वा दलको नेताबारे बाजा बजाएर हिँड्नुपर्ने कारणै छैन।’ सभापति देउवाबाहेकका अन्य कुनै कांग्रेस नेताले आफूलाई प्रधानमन्त्रीको दावेदार मानेर भोट माग्दा पार्टीको पक्षमा माहोल नबन्ने उनको दाबी छ। 

पार्टी नेतृत्व गरिरहेका सभापति देउवाले चुनावपछि आफैं प्रधानमन्त्री हुन्छु भनिरहेका बेला अरूहरूले होइन म हुन्छु, म हुन्छु भन्न आवश्यक नभएको उनको धारणा छ। महतले कांग्रेसको ध्यान पार्टीले टिकट दिएका र गठबन्धनका उम्मेदवारलाई कसरी जिताउन सकिन्छ भन्नेमा ध्यान केन्द्रित भइरहेका बेला प्रधानमन्त्रीको नाममा भोट माग्नु अनुचित रहेको बताए।

प्रकाशित: Nov 15, 2022| 15:10 मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...