आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • समृद्धिको जनआकांक्षा गठबन्धनले पूरा गर्छ : पर्यटनमन्त्री श्रेष्ठ

समृद्धिको जनआकांक्षा गठबन्धनले पूरा गर्छ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं क्षेत्र नं ८ का प्रतिनिधिसभा सदस्य उम्मेदवार जीवनराम श्रेष्ठले जनताको समृद्धिको आकाङ्क्षालाई वाम-लोकतान्त्रिक गठबन्धनले पूरा गर्ने दाबी गरेका छन्।
 |  सोमबार, कात्तिक २८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २८, २०७९

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा काठमाडौं क्षेत्र नं ८ का प्रतिनिधिसभा सदस्य उम्मेदवार जीवनराम श्रेष्ठले जनताको समृद्धिको आकाङ्क्षालाई वाम-लोकतान्त्रिक गठबन्धनले पूरा गर्ने दाबी गरेका छन्।

National life

वाम लोकतान्त्रिक गठबन्धनले आज काठमाडौँको कलंकीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सत्तास्वार्थका लागि नभएर राष्ट्रिय आवश्यकताका कारण वाम-लोकतान्त्रिक गठबन्धन बनेको भन्दै समृद्धिको जनआकाङ्क्षा आफूहरूले पूरा गर्ने बताए।

प्रतिगमनको खतरा रहेसम्म सत्तारुढ दलबीच रहेको गठबन्धन कायम रहने जानकारी दिँदै उनले अहिलेको चुनावमा प्रतिगमन र अग्रगमनबीचको प्रतिस्पर्धा हुने उल्लेख गरे।

सत्ता-गठबन्धनले निर्वाचनमा अत्यधिक बहुमत ल्याउने दाबी गर्दै उनले राष्ट्र निर्माण, लोकतन्त्र रक्षा र जनताको समृद्धिको चाहना पूरा गर्ने बताए। उनले देशलाई प्रतिगमनबाट मुलुकलाई बचाउन निर्वाचनमा गठबन्धन एकढिक्का भएको बताए। काठमाडौँ क्षेत्र नं ८ मा आफूले सुरु गरेका कैयौँ परियोजना निरन्तरताका लागि उम्मेदवार बनेको उनले जानकारी दिए। मन्त्री श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्रलाई नमूना पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने आफ्नो योजना रहेको उल्लेख गरे।

सम्पदा क्षेत्रका जनताले पर्यटनबाट प्रत्यक्ष लाभ लिने वातावरण बनाउन स्थानीयवासीलाई सीपमूलक तथा आयआर्जनका कार्यक्रममा सामेल गरिने उनको भनाइ छ।   

Shivam cement

प्रकाशित: Nov 14, 2022| 15:08 सोमबार, कात्तिक २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...