शनिबार, साउन १६, २०८३

पैदलयात्रामा निस्किए ओली

चुनावी प्रचार–प्रसारकै रूपमा ओलीले कोटेश्वर क्षेत्रमा पैदलयात्रा गरेका हुन्।
 |  मंगलबार, कात्तिक २९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २९, २०७९

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी ओली नागरिक समाज र स्वतन्त्र अगुवासहित पैदलयात्रामा निस्किएका छन्। 

मंगलबार नागरिक समाज र स्वतन्त्र अगुवाले आयोजना गरेको पैदलयात्रा कार्यक्रममा ओली सहभागी भएका हुन्। चुनावी प्रचार–प्रसारकै रूपमा ओलीले कोटेश्वर क्षेत्रमा पैदलयात्रा गरेका हुन् । 

ओलीले ललितपुर निर्वाचन क्षेत्र–३ का प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारको सहभागितामा पैदलयात्रा गरेका हुन्। पैदलयात्रामा अध्यक्ष ओलीसहित पत्नी राधिका शाक्य पनि सहभागी थिइन्। 

चुनावको दिन नजिकिएसँगै विभिन्न राजनीतिक दलले आफ्नो चुनावी प्रचार–प्रसार तीव्र पारेका छन्। यतिबेला राजनीतिक दल र उम्मेदवार मत माग्न चुनावी घरदैलोमा व्यस्त छन्।

प्रकाशित: Nov 15, 2022| 13:10 मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...