शनिबार, साउन १६, २०८३

तोसिमा कार्कीको उम्मेदवारी कायमै

ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम भएको छ।
 |  सोमबार, कात्तिक २८, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २८, २०७९

काठमाडौं– ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम भएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले सोमबार कार्कीको उम्मेदवारी कायम गर्ने यसअघिको आदेशलाई निरन्तरता दिएपछि उनको उम्मेदवारी कायमै भएको हो। 

नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकाले उनले लाभको पद लिएको र त्यस्तो व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने भन्दै निर्वाचन आयोगले कार्कीको उम्मेदवारी खारेज गरेको थियो। त्यसविरुद्ध सर्वोच्च अदालत पुगेकी कार्कीको निवेदनमा सुनुवाइ गर्दै यसअघि न्यायाधीश कुमार चुडालको इजलासले उम्मेदवारी कायम गर्न निर्वाचन आयोगलाई अन्तरिम आदेश दिएको थियो।

कार्कीको उम्मेदवारी कायम गर्न गरी जारी भएको अन्तरिम आदेश खारेज गर्न माग गर्दै भ्याकेट निवेदन लिएर निर्वाचन आयोग सर्वोच्च अदालत गयो। आयोगको उक्त निवदेनमाथि सुनुवाइ गर्दै आज सर्वोच्चले पुरानै आदेशलाई निरन्तरता दिने आदेश जारी गरेको हो।

प्रकाशित: Nov 14, 2022| 14:41 सोमबार, कात्तिक २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...