शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सत्ता गठबन्धनको चुनावी सभा कर्णालीमा : देउवा र प्रचण्डले सम्बोधन गर्ने

सत्ता गठबन्धनको चुनावी सभा कर्णालीमा : देउवा र प्रचण्डले सम्बोधन गर्ने

सत्ता गठबन्धनले आज कर्णाली प्रदेशका जिल्लाहरूमा चुनावी सभा गर्ने भएका छन्।
 |  मंगलबार, कात्तिक २९, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २९, २०७९

सुर्खेत- सत्ता गठबन्धनले आज कर्णाली प्रदेशका जिल्लाहरूमा चुनावी सभा गर्ने भएका छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा तथा पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज कर्णालीका दुई चुनावी‌ सभालाई सम्बोधन गर्ने भएका हुन्।

सुरुमा सुर्खेतको गुर्भाकोट नगरपालिकाको खैरेनी भेरी किनारमा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने भएका छन्। त्यहाँ दिउँसो १२ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।

यस्तै दिउँसो १ बजेदेखि २ बजेसम्म दैलेखको दुल्लुमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: Nov 15, 2022| 07:38 मंगलबार, कात्तिक २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...