खाबी लेम टिकटकमा सबैभन्दा चर्चित व्यक्तिको सूचीमा दोस्रो स्थानमा रहेका छन्। अमेरिकी नृत्याङ्गना चार्ली डी’अमेलियोपछि टिकटक प्रख्यातीको दोस्रो स्थानमा लेमको नाम दर्ता भएको छ।
राष्ट्रपति रिसेप तैयप एर्दोगानले अमेरिका, जर्मनी र फ्रान्ससहित १० देशका राजदूतलाई फिर्ता पठाउने निर्णय शुक्रबार गर्नुभएको थियो। यहाँको सरकारको सो कदमको ती देशहरुले विरोध गरेका छन्।
चिनियाँ राष्ट्रपति सी चिनफिङ र बेल्जियमका राजा फिलिपले सोमबार कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठको उपलक्ष्यमा बधाइ सन्देश आदानप्रदान गरेका छन्।
अफगानिस्तानको कृषि तथा पशुपालन मन्त्रालयले यहाँका युवालाई कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्नुका साथै कृषि तथा पशुपालनको वृद्धिका क्षेत्रमा कार्यक्रमहरु ल्याएको छ।
आयातित ऊर्जामा निर्भर रहनुपर्ने तथा गरिब मुलुकका लागि यो समस्या अझ जटिल र दीर्घकालीन प्रभाव पार्नसक्ने विषयलाई यतिबेला विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले प्राथमिकताका साथ प्रकाशन प्रशारण गरेका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले अमेरिकाको सैन्य बेसबाट उद्धार गरिएका ५५ हजार ६०० अफगानहरूलाई स्थायी रूपमा बसोबास गर्ने गरी पुनः स्थापना गर्ने भएको छ।