सोमबार, फागुन २५, २०८२

होसियारीपूर्वक अगाडि बढ्न बाइडेन र सी सहमत

घरेलु दबाबलाई मध्यनजर गर्दै विश्व राजनीतिक मञ्चमा आफूहरूबीचको बढ्दो तनाव र दबाबलाई घटाउन र हार्दिक सम्बन्ध स्थापित गर्न प्रयत्नशील रहेको सन्देश दिन नेताद्वय संयमित देखिएका छन्।
 |  मंगलबार, कात्तिक ३०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ३०, २०७८

वाशिङ्टन- अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका समकक्षी सी जिनपिङको तीन घण्टा लामो भर्चुअल वार्तामा होसियारीपूर्वक अगाडि बढ्नुपर्नेमा सहमत भएका छन्। महाशक्ति राष्ट्रका सर्वोच्च नेताद्वयले अनावश्यक प्रतिस्पर्धाभन्दा होसियारीपूर्वक अगाडि बढ्नुपर्नेमा छलफल केन्द्रित गरेका हुन्।  

National life

घरेलु दबाबलाई मध्यनजर गर्दै विश्व राजनीतिक मञ्चमा आफूहरूबीचको बढ्दो तनाव र दबाबलाई घटाउन र हार्दिक सम्बन्ध स्थापित गर्न प्रयत्नशील रहेको सन्देश दिन नेताद्वय संयमित देखिएका छन्।

'मैले पहिले भनेझैँ, यो चीन र संयुक्त राज्य अमेरिकाका नेताहरूको रूपमा हाम्रो जिम्मेवारी हो। हाम्रा देशबीचको प्रतिस्पर्धा द्वन्द्वमा नपुगोस् भन्ने सुनिश्चित गर्नु हो, चाहे उद्देश्य होस् वा नहोस्,' बाइडेनले सीलाई भनेका छन्। 

बाइडेनले सोमबार उनीहरूको भर्चुअल बैठकको सुरुमा सीलाई 'केवल सरल, सीधा प्रतिस्पर्धा' मात्र उपयुक्त हुने बताएका छन्।

ह्वाइट हाउसले यो बैठकबाट धेरै अपेक्षा गरेको छैन, केबल सम्बन्धलाई प्रगाढ बनाउन सामान्य कूटनीतिक र औपचारिक संयुक्त वक्तव्य जारी हुनसक्ने आँकलन गरेको थियो। यद्यपि दुवै नेताहरूले एक अर्कालाई पुराना मित्रका रूपमा लिँदै व्यक्तिगतस्तरबाटै द्विपक्षीय सम्बन्ध थप हार्दिक बनाउन सकिने खालको आशय वार्तामा अभिव्यक्त गरेका छन्। यसको मूर्त रूप देख्न भने केही समय पर्खिन पर्ने सार्वजनिक टिप्पणी भइरहेका छन्। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 16, 2021| 22:00 मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।