आइतबार, वैशाख २०, २०८३

सुँड गुमाएपछि सानो हात्ती बाँच्न सकेन

इन्डोनेसियामा शिकारीको जालमा फसेको हात्तीको सुँड काटिएपछि मृत्यु भएको छ। सुड काटिएको हात्तिको संक्रमणका कारण मृत्यु भएको हो।
 |  शनिबार, मंसिर ४, २०७८

बीबीसी

बीबीसी

शनिबार, मंसिर ४, २०७८

इन्डोनेसिया- न्डोनेसियामा शिकारीको जालमा फसेको हात्तीको सुँड काटिएपछि मृत्यु भएको छ। सुड काटिएको हात्तिको संक्रमणका कारण मृत्यु भएको हो।

National life

सुमात्रान हात्ती एक वर्षको बच्चा थियो र शिकारीको जालमा फसेको कारण आफ्नो बथानबाट अलग भएको थियो।

आचेजया प्रान्तका गाउँलेहरूले हात्तीको बच्चा देखेर उपचारका लागि पशु संरक्षण निकायलाई बुझाएका थिए।

संरक्षण निकायका अधिकारीहरूले बच्चालाई बचाउन हात्तीको सुँड आधा काटेको तर चोटका कारण संक्रमण फैलिएको दुई दिनमै मृत्यु भएको बताएका छन्।

‘हामीले सक्दो प्रयास गर्‍यौं। उसलाई गम्भीर चोट लागेको थियो र संक्रमणका कारणले गर्दा हामीले उसलाई बचाउन सकेनौं,’ आचे प्राकृतिक संसाधन संरक्षण एजेन्सीका प्रमुख अगुस एरियान्टोले भने।

इन्डोनेसियाको बोर्नियो र सुमात्रा जंगलमा पाइने सुमात्रा हात्तीलाई लोपोन्मुख जनावरहरूमा लिइन्छ। वन फँडानीका कारण उनीहरूको संख्या निरन्तर घट्दै गएको छ।

यसबाहेक दाँतका लागि भाले हात्तीको शिकारका कारण पनि संख्या घट्दै गएको छ। यो हात्ती दाँत अवैध रूपमा बेचिन्छन्। यस वर्षको जुइलाइमा इन्डोनेसियामा एक वयस्क हात्तीको शव जंगल नजिकै भेटिएको थियो। उक्त हात्तीको दाँत चोरी गरिएको थियो।

प्रकाशित: Nov 20, 2021| 12:11 शनिबार, मंसिर ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।