सोमबार, फागुन २५, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अफगानी सम्पत्ति फुकुवा गर्न अमेरिकी कंग्रेसलाई तालिवानको पत्र

अफगानी सम्पत्ति फुकुवा गर्न अमेरिकी कंग्रेसलाई तालिवानको पत्र

अफगानिस्तानको सत्तामा पुगेको तालिवानले अमेरिकी संसद्को तल्लो सदन कंग्रेसका सांसदहरूलाई अमेरिकामा रहेको अफगानिस्तानको सम्पत्ति फुकुवा गर्न आग्रह गरेको छ।
 |  बुधबार, मंसिर १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १, २०७८

काबुल (अफगानिस्तान)- अफगानिस्तानको सत्तामा पुगेको तालिवानले अमेरिकी संसद्को तल्लो सदन कंग्रेसका सांसदहरूलाई अमेरिकामा रहेको अफगानिस्तानको सम्पत्ति फुकुवा गर्न आग्रह गरेको छ।

National life

तालिवानका परराष्ट्रमन्त्री अमिर खान मुत्ताकीले अफगानीस्तानले वित्तीय संकटको सामना गरिरहेको उल्लेख गर्दै सम्पत्ति फुकुवा गर्न आग्रह गरिएको  छ। अमेरिकी सांसदहरूलाई लेखिएको पत्रमा अफगानिस्तानको वित्तीय संकटको प्रमुख कारण आफूहरूको सम्पत्तिलाई बन्धक हुनलाई पनि लिइएको उल्लेख छ। 

'म अफगानी केन्द्रीय बैंकको सम्पत्ति फुकुवा गर्न र हाम्रो बैंकमाथि लगाइएको प्रतिबन्ध हटाउन म अनुरोध गर्छु,' तालिवानी परराष्ट्रमन्त्री मुत्ताकीले अमेरिकाका सांसदलाई लेखेको पत्रमा उल्लेख छ, 'यसले भविष्यमा हुने हाम्रा सम्बन्धका ढोका खुला गर्नेछ।'

मुत्ताकीको पत्रमा देशमा आन्तरिक अर्थव्यवस्था संकटमा पर्दा बसाइसराईंलगायतका समस्या अन्य देशमा पनि देखापर्ने भएकाले मानवीय र आर्थिक संकट थप चुलिनेसमेत उल्लेख गरिएको छ। यसलाई निराकरण गर्न पनि सम्पत्ति फुकुवा हुनुपर्ने उनको भनाइ छ। अफगानिस्ताले महिनौँदेखि सरकारी कर्मचारीलाई तलव खुवाउन सकेको छैन।

मुत्ताकीले पठाएको पत्रमा सुशासन, सुरक्षा र पारदर्शिता कायम गर्न व्यवहारिक पक्षलाई बलियो बनाइएको दाबी गरिएको छ। 'यो विषय (सम्पत्ति फुकुवा) मा अमेरिकी कंग्रेसका सदस्यले पुनर्विचार गर्नुहुने अपेक्षा लिएका छौँ,' मुत्ताकीको पत्रमा उल्लेख छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 17, 2021| 22:05 बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।