सोमबार, फागुन २५, २०८२

तालिबानको आगमनपछि अफिम उत्पादन ८ प्रतिशतले बढ्यो

अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि अफिम उत्पादनमा कीर्तिमानी वृद्धि भएको छ।
 |  बुधबार, मंसिर १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १, २०७८

काबुल- अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि अफिम उत्पादनमा कीर्तिमानी वृद्धि भएको छ।

National life

संयुक्त राष्ट्रसंघको प्रतिवेदन अनुसार त्यहाँ लगातार पाँचौं वर्ष अफिम उत्पादन ६ हजार टन नाघेको छ। यस वर्ष ६ हजार ८ सय टन अफिम उत्पादन भएसँगै यो वर्ष ८ प्रतिशतले वृद्धि भएको हो। अगस्तमा राज्य नियन्त्रणमा लिएको तालिबानले सेप्टेम्बरमा नै अफिमको मूल्य बढाएको थियो।

प्रतिवेदनमा भनिएको छ, ‘२०२२ मा अफिम बाली नोभेम्बर २०२१ मा किसानहरूले लिएका निर्णयहरूमा आधारित हुनेछ।’ अफगानिस्तानले यस वर्ष अफिमबाट १३ हजार करोडदेखि २० हजार करोड रुपैयाँ कमाएको छ। हेरोइन, मेथाम्फेटामाइन, मोर्फिन र कोकेन लगायत अफिमबाट धेरै किसिमका लागूऔषध बनाइन्छ।

अफगानिस्तानले विश्वव्यापी अफिम उत्पादनको लगभग ८७ प्रतिशत ओगटेको छ र सबैभन्दा ठूलो उत्पादक हो। लागुऔषधको अवैध उत्पादन रोक्न अमेरिकाले ६६ हजार करोड लगानी गर्‍यो र दुई दशकको प्रयासमा पनि त्यसमा कमी आउन सकेको छैन। -दैनिक भास्कर

प्रकाशित: Nov 17, 2021| 21:21 बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।