सोमबार, फागुन २५, २०८२

जर्जियाको विपक्षी दलका नेताले जेलमै गरेको अनसन अन्त्य

जर्जियाको विपक्षी दलका नेता तथा पूर्वराष्ट्रपति मिखाइल साकाश्भीलीले आमरण अनसन अन्त्य गरेका छन्। जर्जियाको कारागारभित्रै अनसन सुरु भएको ५० दिनपछि शनिबार उनले अनसन अन्त्य गरेका हुन्।
 |  शनिबार, मंसिर ४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ४, २०७८

जर्जिया- जर्जियाको विपक्षी दलका नेता तथा पूर्वराष्ट्रपति मिखाइल साकाश्भीलीले आमरण अनसन अन्त्य गरेका छन्। जर्जियाको कारागारभित्रै अनसन सुरु भएको ५० दिनपछि शनिबार उनले अनसन अन्त्य गरेका हुन्। 

National life

अनसनका कारण स्वास्थ्य अवस्था अत्यन्त नाजुक भएपछि निजि चिकित्सकको सल्लाहमा उहाँले हालका लागि अनसन अन्त्य गरेको जनाइएको छ। 

कारागारमा अनसानका कारण स्वास्थ्य अवस्था बिग्रिएपछि उहाँलाई सैनिक अस्पतालमा स्थानान्तरण गरिएको छ। आफूलाई राजनीतिक पूर्वाग्रहका आधारमा गिरफ्तार गरेर जेलमा राखिएको भन्दै उहाँले आफुलाई तत्काल रिहा गर्न माग गर्दै कारागारमै अनसन बसेका थिए। 

अनसन गरिरहेका बेला ५३ वर्षीय नेता साकाश्भीली गत बिहीबार बेहोस हुनुभएको थियो। चिकित्सकले उहाँलाई तत्काल अस्पताल लैजान सुझाव दिएका थिए।

उनलाई नियमित स्वास्थ्य परीक्षण गर्नेगरी चिकित्सकको निगरानीमा राख्नु पर्ने र त्यसो गर्न नसकेमा उनको जीवन नै खतरामा रहेको चेतावनी चिकित्सकले दिएका थिए।

Laxmi sunrise bank
kumari

चिकित्सकको सुझाव र सिफारिसका आधारमा न्याय मन्त्री राती ब्रेगाड्जले शुक्रबार उनलाई अस्पताल लैजान अनुमति दिएका थिए।

विपक्षी नेता साकाश्भीलीले अनसन तोडेपनि आफ्नो आन्दोलन र माग भने यथावत रहेको स्पष्ट पारेका छन्। 

'मैले पूर्वाग्रहपूर्ण तरिकाले मलाइ कारागार राखिएको विषयलाई स्वभाविक मानेको छैन, म यसलाई अवैध र अवैधानिक नै मान्छु, म स्विकार गर्दिन,' उनले भनेका छन्।

आफूलाई गरिएको अन्यायका विरुद्धमा आफू बाँचुन्जेल लडिरहने र प्रतिवाद गरिरहने अठोट पनि उनले व्यक्त गरेका छन्। पदमा रहँदा शक्ति र श्रोत साधनको दुरुपयोग गरेको आरोपमा उनलाई कारागार चलान गरिएको थियो। 

प्रकाशित: Nov 20, 2021| 22:30 शनिबार, मंसिर ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।