मनिला- फिलिपिन्समा आगामी निर्वाचनका लागि पूर्वराष्ट्रपति फेर्डिनान्ड मार्कोसका छोरा तथा पूर्वसिनेटर फेर्डिनान्ड मार्कोस जुनियर र वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा डुटेर्टे एकै ठाउँमा उभिएका छन्।
पूर्वराष्ट्रपतिका छोरा मार्कोस जुनियरले राष्ट्रपतिमा र वर्तमान राष्ट्रपतिकी छोरी सारा डुटेर्टे उपराष्ट्रपतिमा उम्मेदवारी दिएपछि एकै समूह बनाएका हुन्।
पूर्वराष्ट्रपति र वर्तमान राष्ट्रपतिका छोराछोरी नै चुनावी मैदानमा हुँदा यसै पनि रोमाञ्चक भइरहेको फिलिपिन्सको निर्वाचनमा दुवै जना एउटै समूहमा भएपछि थप रोमाञ्चक भएको छ।
आगामी सन् २०२२ को मेमा हुने निर्वाचनका लागि यही अक्टोबर १ देखि फिलिपिन्समा राष्ट्रपतीय निर्वाचनको प्रक्रिया सुरु भएको छ।
गत शनिबार उम्मेदवारी दर्ता गराउनु भएकी वर्तमान राष्ट्रपतिकी छोरी साराले पहिलो पटक सार्वजनिकरुपमा अभिव्यक्ति दिँदै आफू पूर्वराष्ट्रपतिका छोरा तथा अहिले राष्ट्रपतिका उम्मेदवार फेर्डिनान्ड मार्कोस जुनियरकै समूहमा रहेको उल्लेख गरेका हुन्।
सामाजिक सञ्जाल फेसबुकमा राखिएको भिडियो सम्बोधनमा उनले आफ्नो समुहलाई फिलिपिन्सका जनताले सेवा गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नरेका छन्।
राष्ट्रपतिका उम्मेदवार ६४ वर्षीय मार्कोस र उपराष्ट्रपतिकी उम्मेदवार ४३ वर्षीय साराको गठबन्धनलाई फिलिपिन्समा बलियो गठवन्धनका रुपमा हेरिएको छ।
पूर्वराष्ट्रपति मार्कोसका दुई सन्तानमध्ये एक मात्र छोरा मार्कोस जुनियरले तीन वर्ष अगाडि स्थापना गरेको र आफू नै अध्यक्ष रहेको पार्टीको तर्फबाट उम्मेदवारी दिएका हुन्।
आफ्ना बुवा राष्ट्रपति भएका बेला उनी इल्लोकोस नोर्टे प्रदेशको पहिलो प्रदेश उपप्रमुखमा सन् १९८१ मा निर्वाचित भएका थिए। उनका बुवा सन् १९६५ डिसेम्बर ३० देखि १९८६ फेब्रअरी २५ सम्म फिलिपिन्सको राष्ट्रपति भएका थिए। उनको निधन १९८९ मा भएको थियो ।
मार्कोस जुनियर सन् २०१० देखि २०१६ सम्म सिनेटरसमेत भएका थिए। सन् २०१६ मा भएको निर्वाचनमा उनले उपराष्ट्रपतिका लागि प्रतिश्पर्धा गरेका थिए।
भावी राष्ट्रपतिका लागि उनीसहित चर्चित वक्सिङ खेलाडि तथा सिनेटर मान्नी पाक्वुइओ, मनिलाका मेयर फ्रान्सीस्को डोमागोसोले पनि उम्मेदवारी दर्ता गराएका छन्।
त्यसैगरी उपराष्ट्रपतिमा प्रतिश्पर्धा गर्न लागेकी साराले देशको प्रभावशाली पार्टी लकास सिएमडीको तर्फबाट उहाँले उम्मेदवारी दर्ता गराएकी हुन्।
उनले पहिला आफ्ना पिताको उत्तराधिकारी नै हुनेगरी राष्ट्रपतिमै प्रतिश्पर्धा गर्ने तयारी गरे पनि मापदण्ड पूरा नभएकाले अहिले उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी हुन्।