सोमबार, फागुन २५, २०८२

दिल्लीको प्रदूषण नाजुक अवस्थामा

भारतको दिल्लीमा न्यूनतम तापक्रम १० डिग्री सेल्सियनमा झरेको छ।
 |  बुधबार, मंसिर १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १, २०७८

काठमाडौं– भारतको दिल्लीमा न्यूनतम तापक्रम १० डिग्री सेल्सियनमा झरेको छ। तापक्रम घट्दै गएपछि मंगलबार अत्यन्त जाडो महसुस गरिएको दिल्लीका बासिन्दाले बताएका छन्।  

National life

भारतको मौसम विज्ञान विभागले मंगलबारको अधिकतम तापक्रम भने २७ डिग्री सेल्सियससम्म पुगेको जनाएको छ। भारतको केन्द्रीय राजधानीसमेत रहेको दिल्लीमा एकातिर चिसो बढिरहेको छ भने अर्कातिर प्रदूषणको असर पनि बढिरहेको छ।

वायुको गुणस्तर मंगलबार ३९६ रहेकोमा बुधबार घटेर ३७९ मा पुगेको अधिकारीले जानकारी दिएका छन्। तिहारको बेला अत्यधिक धेरै पटका पड्काइएकाले वायु प्रदूषण बढेर खतरापूर्ण अवस्थामा पुगेको हो। प्रदूषण धेरै हानिकारक अवस्थामा पुगेकाले केही समय लकडाउन गर्न सरोकारवालाले सुझाव दिएका छन्। 

त्यसैगरी चिकित्सकले पनि केही दिन घरबाहिर ननिस्कन र विषेश गरेर बालबालिकालाई प्रदूषणबाट जोगाउन ध्यानाकर्षण गराएका छन्।

–रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 17, 2021| 13:12 बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।