मंगलबार, फागुन २६, २०८२

युगाण्डामा दुईवटा आत्मघाती बम विस्फोट

युगाण्डाको राजधानी काम्पालामा दुईवटा आत्मघाती बम विस्फोट गराइएको छ। उक्त विस्फोटमा तीन जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएको अलजजिराले जनाएको छ।
 |  मंगलबार, कात्तिक ३०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ३०, २०७८

काम्पाला- युगाण्डाको राजधानी काम्पालामा दुईवटा आत्मघाती बम विस्फोट गराइएको छ। उक्त विस्फोटमा तीन जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएको अलजजिराले जनाएको छ। 

National life

प्रहरी प्रवक्ता फ्रेड इनाङ्‌माका अनुसार घाइते ३३ जनामध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ। दुईवटा आत्मघाती विस्फोटमध्ये एउटा संसद् भवन नजिक र अर्को प्रहरी चौकी नजिक विस्फोट गराइएको जनाइएको छ। 

पहिलो पटक प्रहरी चौकी नजिक गराइएको विस्फोटमा दुई जनाको मृत्यु भएको र संसद् भवन नजिक भएको विस्फोटमा एक जनाको मृत्यु भएको बताइएको छ। 

युगाण्डाको संसद् भवनतर्फको सडक अहिले सर्वसाधारणका लागि बन्द गराइएको छ। उक्त विस्फोटको जिम्मेवारी हालसम्म कसैले पनि लिएको छैन।

प्रकाशित: Nov 16, 2021| 21:21 मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।