मंगलबार, फागुन २६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • लिबियाको पूर्वी कमाण्डरले राष्ट्रपति पदका लागि उम्मेदवारी दिने

लिबियाको पूर्वी कमाण्डरले राष्ट्रपति पदका लागि उम्मेदवारी दिने

लिबियाको पूर्वी क्षेत्रस्थित सेनाका कमाण्डर खलिफा हफ्तारले मंगलबार आफू राष्ट्रपति पदको लागि उम्मेदवारी दिने घोषणा गरेका छन्।
 |  मंगलबार, कात्तिक ३०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ३०, २०७८

त्रिपोली- लिबियाको पूर्वी क्षेत्रस्थित सेनाका कमाण्डर खलिफा हफ्तारले मंगलबार आफू राष्ट्रपति पदको लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। 

National life

'आज हाम्रो देश दुोबाटोमा उभिएको छ: स्वतन्त्रता र शान्तिको बाटो र तनाव, व्यर्थ र द्वन्द्वको बाटो। तर भविष्यको बाटो लिबियालीहरूले मात्र रोज्नुपर्छ,' हफ्तारले स्थानीय टेलिभिजनमा बताएका छन्, 'म दाजुभाइ र मित्र राष्ट्रहरूले प्रस्तुत गरेका पहलहरूलाई सलाम गर्दछु जसले लोकतान्त्रिक विकल्पहरूतर्फ जान मद्दत गरेको छ। राष्ट्रपति र संसदीय निर्वाचनलाई संकटबाट बाहिर निकाल्न एकमात्र उपायको रूपमा आग्रह गर्दछु।'

‘म राष्ट्रपति पद शक्तिको खोजी वा पदको खोजीका लागि होइन जनतालाई गौरव, उन्नति र समृद्धितर्फ लैजानका लागि उम्मेदवारी दिने घोषणा गरेको छु,' उनले भने।

लिबियामा स्थायित्व प्राप्त गर्ने उद्देश्यका साथ संयुक्त राष्ट्रसंघ प्रायोजित ‘लिबिया राजनीतिक संवाद फोरम’ले अपनाएको रोडम्यापको एक भागको रूपमा लिबियामा यस वर्ष डिसेम्बर २४ मा आम चुनाव हुने अपेक्षा गरिएको छ। - अलजजिरा

प्रकाशित: Nov 16, 2021| 23:30 मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।