बेइजिङ- चिनियाँ राष्ट्रपति सी जिनपिङले मङ्गलबार चीन-अमेरिका आर्थिक र व्यापारिक सम्बन्धलाई पारस्परिक रुपमा लाभदायक रहेको भन्दै दुई देशबीचको आर्थिक र व्यापारिक मुद्दालाई राजनीतिकरण गर्न नहुने बताएका छन्।
राष्ट्रपति सीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भर्चुअल बैठकमा दुई पक्षले सहयोगको लागि फराकिलो हुनु पर्ने बताएका हुन्। राष्ट्रपति सीले अमेरिकी व्यापारिक समुदायको चीन भ्रमणलाई अझ सहज बनाउने चाहानालाई चीनले गम्भीरताका साथ लिएको र चीन र संयुक्त राज्य अमेरिकाबीचको आर्थिक र व्यापारिक आदानप्रदानलाई थप प्रवर्द्धन गर्ने र दुई देशको अर्थतन्त्रको पुनरुत्थानमा द्रुतमार्गको व्यवस्था गर्न सहमत भएको बताए।
उनले संयुक्त राज्य अमेरिकाले चिनियाँ व्यवसायहरूलाई दबाउन राष्ट्रिय सुरक्षाको अवधारणालाई दुरुपयोग गर्न वा वा दिने काम भने बन्द गर्नुपर्ने बताएका हुन्।