सोमबार, फागुन २५, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • लिबियाका शक्तिशाली नेताद्वारा राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा

लिबियाका शक्तिशाली नेताद्वारा राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा

लिबियाका शक्तिशाली नेता तथा पूर्वगृहमन्त्री फाथी बशाघाले राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेका छन्। तेलको धनी राष्ट्र लिबियामा आगामी महिना हुन लागेको राष्ट्रपतिय निर्वाचनका लागि उहाँले उम्मेदवारी घोषणा गरेका हुन्।
 |  बिहीबार, मंसिर २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २, २०७८

त्रिपोली- लिबियाका शक्तिशाली नेता तथा पूर्वगृहमन्त्री फाथी बशाघाले राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेका छन्।  तेलको धनी राष्ट्र लिबियामा आगामी महिना हुन लागेको राष्ट्रपतिय निर्वाचनका लागि उहाँले उम्मेदवारी घोषणा गरेका हुन्।

National life

न्यायसहितको नयाँ लिबिया बनाउने उद्घोषका साथ उहाँले राजधानी त्रिपोलीमा घोषणा–पत्रसमेत सार्वजनिक गरेका छन्। त्यसैगरी मानवअधिकारको सम्मान गर्ने र बजार नियन्त्रित अर्थतन्त्र बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्। 

राष्ट्रपतिका लागि ५९ वर्षीय बशाघाले समेत उम्मेदवारी घोषणा गरेसँगै अहिलेसम्म उम्मेदवारहरूको सङ्ख्या चार पुगेको छ ।

देशको राष्ट्रपति बन्नका लागि प्रतिस्पर्धा गर्न मैदानमा उत्रिएका उम्मेदवारहरूमध्ये पूर्वराष्ट्रपति मोहम्मद गद्दाफीका छोरा पनि हुन्। 

गद्दाफीका माइला छोरा सइफ अल इस्लाम गद्दाफीको उम्मेदवारीलाई लिबियालाई पुरानै अवस्थामा फर्काउने प्रयत्नको रूपमा व्याख्या गरिएको छ । 

Laxmi sunrise bank
kumari

आफ्नो पिताका सबैभन्दा योग्य उत्तराधिकारीका रूपमा हेरिएका उनलाई जिन्टन सहरको एक मिलिसियाको नियन्त्रणमा राखिएकोमा रिहा गरिएपछि उहाँले राजनीतिक गतिविधि गर्न लागेका हुन्।

उनीप्रति लक्षित गर्दै नयाँ उम्मेदवार बशाघाले भनेका छन्, 'लिबिया फेरि पुरानै अवस्थामा फर्किन सक्दैन, आमनागरिक नयाँ लिबिया चाहन्छन, म त्यसका लागि काम गर्नेछु।'

लिबियामा रगत र आँशु बगाउने दिनको आफूले अन्त्य गर्ने र सबैलाई खुसी र सुखी राख्ने अठोट पनि उनले व्यक्त गरेका छन्। 'हामीले अब पुनर्निर्माण, पुनस्र्थापना र पुनर्जागरणको अभियान चलाउनु पर्छ, त्यसका लागि मलाई जिताउनु हुनेछ भन्ने विश्वास लिएको छु,' उनले भने। 

पूर्वसैन्य विमान चालक तथा व्यवसायी बशाघाले फायज सार्जा नेतृत्वको अघिल्लो सरकारमा सन् २०१८ देखि गृहमन्त्रीको रूपमा जिम्मेवारी निर्वाह गरेका थिए। 

संयुक्त राष्ट्रसङ्घको समर्थन प्राप्त शक्तिशाली सरकारमा गृहमन्त्री बन्ने मौका पाउनु भएका बशाघालाई लिबियाको शक्तिशाली नेताका रूपमा चिनिन्छन्। 

प्रकाशित: Nov 18, 2021| 23:30 बिहीबार, मंसिर २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।