शुक्रबार, वैशाख १८, २०८३

भारतमा बाढीका कारण १५ को मृत्यु, १०० बेपत्ता

बाढीले अरु १०० भन्दा बढीलाई बगाएर बेपत्ता बनाएको सरकारी अधिकारीले शनिबार बिहान जानकारी दिएका छन्।
 |  शनिबार, मंसिर ४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ४, २०७८

National life

काठमाडौं- भारतको आन्द्र प्रदेशमा आएको बाढीका कारण कम्तीमा १५ जनाको मृत्यु भएको छ। बाढीले अरु १०० भन्दा बढीलाई बगाएर बेपत्ता बनाएको सरकारी अधिकारीले शनिबार बिहान जानकारी दिएका छन्।

निरन्तरको अत्यधिक वर्षाका कारण बाढी ठुलो आएको र धेरै क्षति गरेको खोजी तथा उद्धारकार्यमा खटिएकाले बताएका छन्। बाढीले विशेष गरेर आन्द्र प्रदेशका चार जिल्ला चित्तुर, कडपा, कुर्नुल र अनन्तपुरमा बढी असर पारेको छ।  बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी, उद्धारकर्मी र स्वयंमसेवकको टोली खटिएका छन्।  

राष्ट्रिय प्रकोप व्यवस्थापन फौजको मात्रै सात ओटा टोली खटिएको सरकारी अधिकारीले जानकारी दिएका छन्। खोजी तथा उद्धार कार्य जारी रहे पनि १०० जनाभन्दा बढी बेपत्ता भएकाले उनीहरूमध्ये अधिकांशलाई जीवितै भेटिने सम्भावना कम रहेको उद्धारकर्ताको भनाइ छ। उनीहरूका अनुसार बाढीका कारण मृत्यु भएकाको संख्या बढ्न सक्ने देखिएको छ।  -एएनआई

प्रकाशित: Nov 20, 2021| 14:31 शनिबार, मंसिर ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।