दोस्रो मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिताअन्तर्गत शनिवार सम्पन्न समूह ‘डी’ अन्तर्गतको पहिलो खेलमा सुदूरपश्चिमले मलेसिया–११ विरुद्ध सानदार जित हासिल गरेको छ।
सहीद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत छैटौं चरणका खेलहरु शनिबार(आज) देखि सुरु हुँदै छन्। छैटौं चरणका सबै खेलहरु दशरथ रंगशालामा नै हुने एन्फाले जनाएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप क्रिकेट लिग दुई अन्तरगत अमेरिका र ओमानसँग नेपालमा हुने सिरिजका लागि २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।
नेपालका प्रिन्स दाहाल काठमाडौंमा जारी प्रेसिडेन्ट कप नेपाल ईन्टरनेशनल ब्याडमिन्टनको दुई विधामा फाइनल प्रवेश गरेका छन्। दाहाल पुरुष एकल र जोडी दुबै तर्फ फाइनल प्रवेश गरेका हुन्।
विग बास लिगमा मेलवर्न स्टार्सबाट खेलिरहेका नेपालका लेग स्पिनर सन्दिप लामिछानेले शुक्रबारको खेलमा महत्वपूर्ण दुई विकेट लिएका छन्। उनले मेलवर्न रेनगेड्सविरुद्धको खेलमा चार ओभरमा ३९ रन खर्चिदै दुई विकेट लिएका...
अखिल नेपाल फुटबल संघ (एन्फा)ले मछिन्द्र क्लब र मनाङ मर्स्याङ्दी क्लबबीचको खेलका दौरान भएको घटनामा दोषी ठहर गर्दै ६ खेलाडी र एक मनाङका पदाधिकारीलाई कारबाही गरेको छ।
सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा संकटा क्लब विजयी भएको छ। बिहीबार भएको खेलमा एपीएफ क्लबलाई ४-२ गोलले पराजित गर्दै संकटाले लिगमा दोस्रो जित निकालेको छ।