बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • दशौं चरणका खेल आजबाट : थ्रीस्टार र सरस्वती तथा एपीएफ र मछिन्द्र भिड्दै

दशौं चरणका खेल आजबाट : थ्रीस्टार र सरस्वती तथा एपीएफ र मछिन्द्र भिड्दै

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत दशौं चरणका खेल आजबाट सुरु हुँदैछन्। आज दुई खेल हुँनेछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेल १२ बजे हुनेछ भने दोस्रो खेल ३ बजे हुने छ।
 |  शनिबार, माघ १८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ १८, २०७६

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत दशौं चरणका खेल आजबाट सुरु हुँदैछन्। आज दुई खेल हुँनेछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेल १२ बजे हुनेछ भने दोस्रो खेल ३ बजे हुने छ।

थ्रीस्टारविरुद्ध सरस्वती

आजको पहिलो खेलमा सर्वाधिक रुचाइएको क्लब थ्रीस्टार र रेलिगेशन जोनबाट बाहिर निस्कन नसकेको सरस्वती युथ क्लब भिड्दै छन्। अंक तालिकाको पाँचौ स्थानमा रहेको थ्रीस्टार आजको खेलमा जित निकाल्दै एक स्थान सुधार गर्ने दाउमा हुने छ भने सरस्वती उसलाई रोक्ने दाउमा मैदान उत्रने छ। तर, जित्ने सम्भावना थोरै मात्र रहेको सरस्वतीले आजको खेल जितेमा रेलिगेशन जोनबाट एक स्थान माथि उक्लने छ।

सरस्वतीले एक खेल मात्र जितेको छ भने एक बराबरी खेलेको छ। उसको ४ अंक छ। थ्री स्टारले ४ खेलमा जित तथा २ मा बराबरी नतिजा निकाल्दै १४ अंकका साथ पाँचौ स्थानमा छ।

एपिएफविरुद्ध मछिन्द्र

आजै ३ बजे हुने दोस्रो खेलमा सशस्त्र प्रहरीको एपीएफले हेविवेट मछिन्द्रको सामना गर्ने छ। अंक तालिकामा १९ अंकका साथ दोस्रो स्थानमा रहेको मछिन्द्रले शीर्षस्थानको आर्मीलाई पछ्याइरहेको छ। आर्मीको २० अंक छ। आजको खेलमा मछिन्द्रले जित निकालेमा उ शीर्ष स्थानमा उक्लने छ।

उता मछिन्द्रसँग प्रतिस्पर्धामा आउने एपीएफ रेलिगेशन जोनमा रहेको सरस्वतीसँग अंकदुरी बढाउने दाउमा हुने छ। एपीएफको सरस्वतीभन्दा एक अंक धेरै छ।

दशौं चरणका खेल २१ माघमा सकिने छन्।

प्रकाशित: Feb 01, 2020| 08:58 शनिबार, माघ १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।