सोमबार, चैत ९, २०८२

फुटबलमा बढ्दो नस्लवादी भेदभाव

बेल्जियमका फुटबल फरवार्ड रोमेलु लुकाकू केही समय अघि मात्र प्रिमियर लिगबाट 'सिरी ए' गए। उनले डेब्यू खेलमै गोल त गरे तर नस्लवादको सिकार बने। उनलाई फ्यानहरुले जातिय दुर्व्यवहार गरे।
 |  शनिबार, माघ १८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, माघ १८, २०७६

काठमाडौं - बेल्जियमका फुटबल फरवार्ड रोमेलु लुकाकू केही समय अघि मात्र प्रिमियर लिगबाट 'सिरी ए' गए। उनले डेब्यू खेलमै गोल त गरे तर नस्लवादको सिकार बने। उनलाई फ्यानहरुले जातिय दुर्व्यवहार गरे।

National life

यस्तै घटना भयो एक महिना अघिको टोटेनहम र चेल्सीको खेलमा पनि। चेल्सीले टोटेनहमविरुद्ध दुई गोल गर्‍यो। तर, उसका २६ वर्षीय खेलाडी रोडरिगोले टोटेनहमका समर्थकवाट दुर्व्यवहार भोगे। खेलमा तीन पटकसम्म जातीवादी दुर्व्यवहार नगर्न अनुरोध गरिए पनि सो क्रम रोकिएन्।

फुटलमा हुने रंगभेदी, जातीय दुर्व्यवहार र नस्लवाद नयाँ भने होइन। विश्वप्रसिद्ध खेलाडी पेलेले पनि आफू नस्लवादी दुर्व्यवहारमा परेको बताएका थिए। आजसम्म पनि समाजको यस्तो घृणित कार्य रोकिएको छैन।

गत माघ ११ गते स्पेनिस क्लब एथ्लेटिको बिल्वाओका फरवार्ड इनाकी विलियम्सलाई पनि रंगभेदी दुर्व्यवहार भयो। 'ला लिगा' अन्तर्गत शनिबारको स्पानियासँगको खेलमा उनी दुर्व्यवहारमा परे। यस्ता घटना विश्वभरी नै छन्।

यस विषयमा बेलायतले भर्खरै एक रिपोर्ट सार्वजनिक गरेको छ। उसको रिपोर्टमा बेलायत मात्र समेटिएको भए पनि विश्वभरको फुटबलको हालत त्यही छ।

Laxmi sunrise bank
kumari

रिपोर्ट अनुसार गत सिजन मात्र एक सय ५० भन्दा धेरै फुटबल सम्बन्धी नस्लवादका घटना प्रहरीमा दर्ता भएका छन्। बेलायतको गृहमा दर्ता भएका यस्ता घटनाको संख्या मात्र १५२ रहेको छ। तीन वर्ष पहिलेभन्दा हाल ५० प्रतिशतले नस्लवादका घटनाका वृद्धि भएका छन्।

बेलायतका गृहमन्त्री शुसन विलियम्सले प्रस्तुत गरेको रिपोर्टमा तीन वर्षमा नस्लवादका घटना कति भए भन्ने रेकर्ड देखाइएको थियो। रिपोर्टअनुसार घटनाको संख्या ९८ बाट एक सय ५२ पुगेका छन्। यो संख्या सिजन २०१७-१८ र २०१८-१९ बीचको हो।

फुटबल खेलाडी र प्रेमीलाई जातीय भेदभाव गर्ने, समर्थकले जिस्काउने र डर देखाउने गरेको पाइएको छ। पहिलेको वर्षमा घटनाको संख्या घट्दै गएको थियो। तर, पछिल्लो वर्षमा भने वृद्धि भएको पाइएको हो।

नस्लवादमा संलग्न घटना २०१३-१४ को सिजनमा ९९, २०१४-१५ को सिजनमा ७८ हुँदै २०१५-१६ को सिजनमा ६८ मा झरेको थियो। तर, २०१६-१७ को सिजनमा दुईवटा घटना वृद्धि हुँदै ७० पुगेको थियो।

यसबारे सन् २०१८ बाटै युके फुटबल पुलिसिङ, फुटबल एसोसिएसन र बेलायती मिडिया (किक इट आउट) ले यसबाले छलफल गरेका थिए। छलफलसँगै घटनलाई कम गर्नका लागि प्रहरी अनुसन्धान र शैक्षिक गतिविधि अगाडि ल्याइएका थिए।

बेलायतको संस्कृति, सूचना तथा खेलकूद विभागका एक अधिकारीले भने, ‘फुटबल र समाजमा रेसिजमको कुनै स्थान छैन। तर यो कार्ययोजनालाई घृणा गरियो भने घटना बढेर जानसक्छ।’

त्यस्तै किक इट आउटले भने विश्वको विभाजनकारी भाषा सामान्यिकरण भएका कारण यस्तो भएको हुनसक्ने बताएको छ।

किक इट आउटले भन्यो, ‘रेसिजम फुटबल र समाजको साझा समस्या हो। र यो सत्य हो की हामी बढ्दो घृणा र जातीवादी संसारमा बसिररहेका छौं। यो देशमा पनि अवस्था फरक छैन राजनीतिक कारणले विभिन्न भाषाहरुको प्रयोग सामान्य बनेका छन्। त्यसैले यो समस्याबारे राजनीतिक निकास खोज्नु पर्दछ।’

प्रकाशित: Feb 01, 2020| 08:37 शनिबार, माघ १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।